
९ पुस, काठमाडौं । उपन्यासकार जेवी दर्लामीद्वारा लिखित ‘यात्री’ उपन्यासको शनिवार एक समारोहकाबीच विमोचन गरिएको छ ।
पुस्तकमाथि बोल्दै कवि श्यामलले उपत्यासले उठान गरेका विषय नौलो रहेको चर्चा गर्दै त्यसमा पाठकले आम पुस्तकको भन्दा फरक स्वाद पाउने दावी गरे ।
‘नेपाली साहित्यले गम्भिर विषयमा घोत्लिने उपन्यासकार पाएको छ,’ उनले भने, पुस्तकमा जुन भौगोलिक यात्राको उल्लेख गरिएको छ, त्यसमा गरेको ‘डकुमेन्टसन’ र ‘काल्पनिकी’ सजिव छ ।’ पुस्तकमा गन्तव्यको खोजीमा हिँडेको रुमानी सभ्यताको चित्रण रहेको उनले बताए । पुस्तक मूल, पहिचान, रुटको आदिकालदेखि हालसम्मको व्याख्या गरिएको गैह्रआख्यान कृतिजस्तो भएको भनाई थियो । ‘यसले मंगोल जाति र प्रकृतिबीचको कति गहिरो सम्बन्ध छ भन्ने देखाएको छ,’ उनले थपे ।
पुस्तकमाथि बोल्दै कुमारी लामाले पुस्तकमा आन्तरिक मनोवैज्ञानिक यात्रा भएको बताईन् । ‘एउटा ग्रन्थको कथाका माध्यमबाट अहिलेको समयलाई हेर्न सकिन्छ,’ उनले भनिन्, ‘यो किताब पहिचान संकटमा परेका विस्थापितहरुको पीडाको खोजी हो ।’ जातीय द्वन्द्वको हिसाबले पुस्तकले समुदायको संस्कृति नै खोतलेको चर्चा उनले गरिन ।
पुस्तकमाथि बोल्दै रुपक अलङ्कारले पुस्तकमा समाज विकासको चरणमा देखा परेको आर्य सभ्यता र मंगोल सभ्यताको कथा छ भएको बताए ।
अन्य वत्ताहरूले पुस्तकले फरक रुपरङ्गका मानिस र संस्कृतिलाई बुझ्न पुस्तक उपयोगी हुने बताए ।
प्रतिक्रिया 4