Comments Add Comment

विश्वव्यापी रूपमा नेपाली सिनेमा स्कृप्ट लेखन प्रतियोगिता हुँदै

प्रथम हुनेलाई तीन लाख नगद पुरस्कार

 २५ डिसेम्बर, सिड्नी । अष्ट्रेलियामा रहेका नेपालीहरुले फेसबुक ग्रूपमार्फत नेपाली सिनेमा स्कृप्ट लेखन प्रतियोगिता गर्ने भएका छन् ।

यस अघि दुई पटक नेपाली स्कृप्ट लेखन प्रतियोगिता सम्पन गरिसकेको यो ग्रूपले पुनः तेस्रो पटक प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा सहभागी हुनका लागि १६ फेब्रुअरी २०१८ भित्र सम्पर्क गरिसक्नु पर्ने आयोजक तथा सिड्नीमा क्रियाशील चलचित्र निर्देशक मनोज अधिकारीले जानकारी दिए । इच्छुक व्यक्तिले कुनै पनि विषयमा [email protected] मा कथा पठाउनु पर्नेछ ।

प्रतियोगितामा पहिलो हुनेलाई तीन लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने अधिकारीले जानकारी दिएका छन् ।

पछिल्लो समय नेपाली सिनेमा स्कृष्ट लेखकहरुमा कमी आएकोले पनि प्रतियोगिताको आयोजना गरिरहेको भन्दै उनले लेखकलाई समेत फाइदा हुने बताए ।

पहिलो हुने स्कृप्टको चलचित्र बनाइने छ भने अन्य प्रतियोगित स्कृप्टलाई पनि सिनेमाकर्मीहरुसम्म पुर्‍याउने प्रयास गरिने आयोजकको भनाइ छ ।

यस अघि पहिलो पटक न्यू नेपाली सिनेमा फेसबुक ग्रूपमार्फत २०१२ मा र दोस्रो पटक २०१३-०१४ मा अयोजना गरिएको थियो ।

पहिलोमा ७५ लेखकको सहभागिता रहेकोमा रोहित देवकोटाको स्कृप्ट प्रथम भएको थियो । यस्तै दोस्रोमा १५० जना सहभागी भएकोमा राजन कठेटको स्कृप्ट प्रथम भएको थियो । राजनको स्कृप्टको अहिले चलचित्र बन्दै छ ।

यसरी सम्पन्न हुने छ प्रतियोगिता

आयोजकका अनुसार प्रतियोगिता दुई चरणमा हुनेछ । प्रतियोगितामा सहभभागी हुन कुनै शुल्क लाग्ने छैन् । पहिलो चरणमा १ देखि ३ पृष्ठसम्मको कथा लेखेर पठाउनु पर्ने छ । कथा आफूलाई विश्वास लागेको र मन छोएको जुनसुकै विषयमा लेख्न सकिने छ । कथा १६ फेब्रुअरी २०१८ भित्र [email protected] मा पठाइसक्नु पर्नेछ ।

दोस्रो चरणका लागि निर्णायकहरुले २५ वटा कथा र लेखकहरुलाई छान्ने छन् । तिनै २५ लेखकहरुलाई पूरा स्कृप्ट लेख्नको लागि तीन महिनाको समय दिइने छ । त्यसमध्येबाट एक जनालाई विजेता छानिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment