Comments Add Comment

आफ्ना बच्चालाई नहप्काउनुस, रोगी हुन सक्छ

हरेक आमाबुवा चाहन्छन्, आफ्नो सन्तान राम्रो होस् । सुखी होस् । खुसी होस् । स्वस्थ्य होस् । तन्दुरुस्त होस् । फुर्तिलो होस् । सक्रिय होस् ।
यस्तो शुभेक्षा राख्नु स्वभाविक हो । किनभने बालबालिका भनेको भोलिको भविष्य हुन् । त्यही कारण आफ्नो बच्चा स्वस्थ्य, तन्दुरुस्त होस् भन्ने चाहाना हुन्छ, जो स्वभाविक हो ।

यसका लागि बुवाआमाले बच्चाको खास रेखदेख गर्छन्, पोषिलो खानेकुरा ख्वाउँछन् । तर, यति हुँदाहुँदै पनि बच्चाहरु बिरामी हुन पुग्छन् । उनीहरुलाई रोगले ग्रस्त बनाउँछ । आखिर के कारणले बिरामी पर्छन् त उनीहरु ? बच्चाको स्वास्थ्यसँग जोडिएको यस रहस्यलाई अमेरिकामा भएको एउटा रिसर्चले सुल्झाएको छ ।

बुवाआमाको व्यवहारले बच्चाको स्वास्थ्यमा प्रभाव

अमेरिकाको टेक्सासमा रहेको बाइलोर यूनिभर्सिटीमा भएको अन्वेषणको प्रतिवेदनमा भनिएको छ कि आमा-बाबुको व्यवहारको असर बच्चाको स्वास्थ्यमा पर्छ । अन्वेषणमा संलग्न व्यक्तिहरुका अनुसार आमाबाबुको व्यवहार बच्चाहरुसँग एकदमै सहज र राम्रो छ भने बच्चाहरु स्वस्थ रहन्छन् र ठूलो हुँदासम्म उनीहरुलाई रोगले छुँदैन ।

बच्चासँग सुमधुर सम्बन्ध राखौं

बाइलोर यूनिभर्सिटीका सहायक प्रोफेसर र अन्वेषक म्याथ्यु एन्डरसनले आमा-बाबुको बच्चासँग राम्रो सम्वन्ध बच्चाहरु खाने, सुत्ने तथा उनीहरुको दैनिक गतिविधिलाई प्रेरित गर्नका लागि जरुरी हुन सक्छ । त्यसैले सोधमा संलग्न व्यक्तिहरुलाई सल्लाह दिइएको छ कि उनीहरुले आफ्ना बच्चासँग सँधै नै सुमधुर सम्वन्ध कायम राखुन् ।

– यस अध्ययनबाट पत्ता लागेको छ कि यदि आमाबाबुको बच्चाहरुसँग सम्वन्ध तनावपूर्ण र अपमानजनक छ भने त्यसको प्रतिकुल असर बच्चाहरुको खानपिन व्यवहारमा पर्छ र बच्चाहरुको भोजनमा कुनै नियन्त्रण रहँदैन । यहीँबाट बच्चाको स्वास्थ्य बिगि्रन सुरु हुन्छ । यस्तोमा बच्चाहरु पौष्टिक आहारको साटो बढि चीनी वा तेलयुक्त खानेकुरा खान थाल्छन् र विस्तारै उनीहरुको रुची अस्वस्थकर खानेकुराहरुमा बस्छ ।

-बढि चिनी वा तेलयुक्त खानेकुरा खाने बच्चाहरुको बानीव्यहोरा नराम्रो हुन्छ । उनीहरुको दैनिक गतिविधिहरु पनि अनियमित हुन जान्छन् ।

– बच्चाहरुको स्वस्थ जीवनशैली र सामाजिक, भावनात्मक विकास हुनु उनको लामो आयूका निम्ति अत्यन्त जरुरी कुरा हो ।

– आर्थिक रुपमा कमजोर घरहरुमा आमाबुवाले बच्चाहरुलाई राम्रो व्यवहार गर्दैनन् । यस्तो व्यवहारको असर बच्चाहरुको स्वास्थ्यमा पर्छ । अन्ततः यसको असर बच्चाहरुको बढ्दो उमेरसँगै उनीहरुको सामाजिक-आर्थिक स्तरमा देखिन्छ र बच्चा रोगी तथा नकारात्मक प्रवृत्तिको हुन्छ ।

– यसैगरी, कम शिक्षित तथा कमजोर आर्थिक स्थिति भएका आमाबाबुले बच्चाहरुलाई थर्काउने वा जबरजस्ति आफ्नो आदेश मान्न लगाउनुको साटो रचनात्मक कुराकानीको सहयोग लिएमा यसले उनीहरुको सम्वन्धमा न्यानोपन बढाउँछ ।

– राम्रो घरमा तथा असल आमाबाबुका बच्चाहरु ठूला भएपछि स्वस्थ हुन्छन् । अनुसन्धान प्रतिवेदनमा यो पनि भनिएको छ कि यदि आमाबाबुको आफना बच्चाहरुसँग राम्रो सम्वन्ध छ्रैन भने यसको असर बच्चाको स्वास्थ्यमा पर्छ । यति मात्र होइन, यस्तो माहोलमा हुर्किएका बच्चाहरुको स्वास्थ्य ठूलो भएपछि पनि ठिक हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment