+
+

नयाँ सरकार गठनमा प्रधानमन्त्री देउवा बाधकः माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १२ गते १३:१६

पूर्व प्रधानमन्त्री एवंम नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनमा अवरोध गरिरहेको आरोप लगाएका छन् ।

वरिष्ठ नेता नेपालले प्रधानमन्त्री देउवालाई तत्काल पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न पनि आग्रह गरे ।

काठमाडाैंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुको सम्मानमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा हार व्यहोर्दा समेत प्रधानमन्त्री देउवाले पदबाट राजीनामा नदिएकोमा आपत्ति समेत प्रकट गरेका छन् ।

नेता नेपालले सरकार गठनका विषयमा वाम गठबन्धन भित्र विवाद नरहेको दावी समेत गरेका छन् । उनले झण्डै दई तिहाई बहुमत ल्याएको वाम गठबन्धन नयाँ सरकार बनाउन आतुर रहेको पनि स्पष्ट पारे ।

बरिष्ठ नेता नेपालले सरकार गठन र माओवादी केन्द्रसँगको पार्टी एकतासँगसँगै अघि बढने पनि स्पष्टसमेत पारेका छन् ।

दुवै दलका शीर्ष नेताहरुबीच छलफल गरी पार्टीको वैचारिक र संगठनात्मक संरचनाको विषय टुंगो लगाइने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?