+
+

ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १२ गते १३:५२

१२ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

भेट ओली निवास बालकोटमा जारी छ । दुई नेताबीच नयाँ सरकार गठन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

अोली र प्रचण्डवीच मंगलबार साँझ नै भेटवार्ता हुने भनिएपनि हुन सकेको थिएन ।

गत शुक्रबार चितवन गएका प्रचण्ड केही जिल्लाहरुको भ्रमण गरेर ५ दिनपछि मंगलबार मात्र राजधानी फर्केका हुन् ।

यसवीचमा पार्टी एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि बस्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?