सागसब्जी किनमेल गर्न होस् वा कुनै सामान बोक्न, हरेकले अहिले प्लाष्टिकको व्याग झुन्ड्याएकै हुन्छ । प्लाष्टिक सजिलो साधन हो, सामान बोक्नका लागि ।
तर, यसको व्यवस्थापन सही ढंगले भएको पाइदैन । त्यही कारण प्लाष्टिक प्रदूषणको कारण पनि बन्दैछ । प्लाष्टिकको नराम्रो गुण के भने, यो पच्दैन । प्लाष्टिकले नष्ट गर्ने प्रभावकारी विधी पनि हामीसँग छैन । प्लाष्टिकमाथि प्लाष्टिक थपिदै जाँदा जताततै प्लाष्टिकको थुप्रो लाग्न थालेको छ ।
आखिर प्लाष्टिक के हो ? कसरी यसको प्रचलन सुरु भयो ? किन यो स्वास्थ्यमैत्री छैन ?
प्लाष्टिकको प्रयोग
प्लाष्टिक बहुउपयोगी वस्तुको रुपमा हाम्रो जीवनशैलीसँग जोडिन आएको छ । पोलेथिन ब्यागदेखि लिएर खेलौना, भाडाकुँडा, पाइप, फर्निचर, वट्टा आदि अनेक उपयोगी वस्तुहरूको निर्माण प्लाष्टिकद्वारा हुने गर्दछ ।
एकारित प्लाष्टिक हाम्रो दैनिक प्रयोगमा आइरहेको छ भने, अर्कोतिर चाडो नगल्ने, नसड्ने गुणको कारण पर्यावरण र जनस्वास्थ्यका लागि भयंकर खतरा बन्दैछ । पर्यावरण, पानी, किरा, फट्यांग्रालगायत जीवाणु, विषाणु, लेउ, झ्याउ र ढुसीलाई गलाउन असक्षम छन् । अम्ल, क्षार, लवणलगायतअन्य रसायनहरूसँग क्रिया गराउँदा पनि प्लाष्टिकलाई गलाउन सकिदैन । जसले गर्दा यो प्रदूषणको कारण बन्दैछ ।
हिमालय या घना जंगल, तालतलैया हुन् या नदि-नाला, सबैतिर फ्याकिएका प्लाष्टिकको फोहोरले सुन्दर मनोहर दृश्य कुरुप वनाउदै गइरहेको छ ।
किन हानिकारक प्लाष्टिक ?
हामीले प्रयोग गर्ने प्याष्टिकजन्य ९५ प्रतिशत वस्तुहरूको उत्पादनमा ईष्टर-थ्यालेट, बिसो फिनोल “ए”, फिनोल “एस”, जिनोईस्ट्रोजेनहरू, सिसा र एण्टिमनि जस्ता तत्वहरू मिसाइएको हुन्छ । यीे तत्वहरूको प्रयोग प्लाष्टिकजन्य वस्तुहरूलाई मुलायम, टिकाउ, दरिलो, उपयोगी र आकर्षक बनाउन प्रायोग गरिन्छ ।
यी वीषाक्त तत्वहरू अत्यन्त सूक्ष्म मात्रा पनि शरिरका विभिन्न अंगहरूका क्रियासिल कोषहरूलाई मार्न सक्षम छन् । खासगरी अण्डकोष, डिम्बशाय, थाईमस ग्रन्थी, गर्भमा हुर्कदै गरेको बच्चा र अन्य छिट्टै विकसितहुने कोषहरूलाई यि तत्वहरूले मार्ने गर्दछ ।
यसले मोटोपन बढ्ने, पुरुषहरूको पनि स्तन बढ्ने, केटीहरूमा समयपूर्व नै यौवनका लक्षणहरू देखापर्ने, पुरूष ग्रन्थि -प्रोस्टेट) बढ्ने र क्यान्सर हुने, नपुंशकता, बाँझोपन, हर्मोनल गडवडी र गर्भ मै बच्चा मर्ने अथवा विकृत बच्चाहरू जन्मने जस्ता समस्या देखिने गर्दछ ।
प्लास्टिकमा भएका बिषहरू र यी तत्वहरूले स्वास्थ्यमा पर्ने प्रतिकुल असरहरूका बारेमा अनुसन्धानहरू भैरहेका छन् र यो तत्वलाई विभिन्न रोगहरूको कारकतत्वको रुपमा बुझिदै आएको छ ।
कसरी मुक्ति पाउने ?
प्रश्न उठ्छ कि, यो समस्यावाट मुक्ति कसरी पाउने ?
अवैज्ञानिक तरिकाले गरिएको प्लाष्टिक विसर्जनले पर्यावरण प्रदुषित गर्नुका साथै जनस्वस्थ्यमा ठूलो क्षति पूर्याईरहेको छ । नगल्ने प्लाष्टिकबाट वच्नका लागि यसलाई जलाइदिन्छौ तर यसको जलनवाट वातावरणमा कार्वनडाइ अक्साइड,कार्वन मनोअक्साइड र अन्य विषालु ग्याँसहरुको मात्रा वढ्न जान्छ ।
अर्कोतर्फ यसको जलनवाट उत्पन्न ग्यासले पर्यावरण तातिदै जाने र “ग्लोबल वार्मिन”को समस्या ल्याउने खतरा पनि छ । प्लास्टिक बिसर्जन गर्न यसलाई खाल्डो खनेर गाडिदिने गरिन्छ । प्लाष्टिककै कारण माटोले उर्वराशक्ति गुमाउन पुग्छ । यसले गर्दा अन्नवाली उब्जनीमा वाधा पुग्छ ।
भयावह रोगको कारण
पर्यावरणिय समस्याका साथै अदृश्य रुपमा जनस्वास्थ्यमा देखापरेका भयावह रोगहरूका कारण पनि प्लाष्टिकलाई मानिएको छ । यस समस्याबाट मुक्ति पाउन विश्वका धेरै देशहरूले प्लाष्टिक र प्लाष्टिकजन्य पदार्थहरूलाई कडाईका साथ प्रतिवन्ध लगाउदै गएका छन् ।
प्लाष्टिक प्रतिवन्धः नारामा सीमित
हाम्रो देशमा पनि पोलिथिनको उपयोग र विक्रीवितरणलाई निरुत्साहित विभिन्न कानुनहरूको व्यवस्था छ । फोहर मैला व्यवस्थापन ऐन २०६८ अुनसार पोलिथनजन्य वस्तुहरूको उपयोग तथा विक्रीवितरण गर्नेलाई रु १५ हजार देखि १ लाखसम्म जरिवाना हुने व्यवस्था छ । तर, हालसम्म यो कार्यन्वयनमा आउन सकेको छैन ।
नीति नियममा पनि प्लाष्टिकजन्य पदार्थ भन्दा पोलीथिन प्रयोगलाई मात्र मात्र निरुत्साही गर्ने खालको कानुन छ । जबकी प्लाष्टिक भनेको पोलोथिनमात्र हैन, पोलोथिनलाई मात्र निरुत्साहीत गरेर यस समस्याको समाधान हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया 4