+
+
Shares

नयाँ अध्यादेश भन्छ-राष्ट्रिय सभामा ४२ जना एकल संक्रमणीयबाट, १४ जना बहुमतीय (पूर्णपाठसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १४ गते १५:३६

१४ पुस, काठमाडौं । राष्ट्रपतिले शुक्रबार प्रमाणीकरण गरेको नयाँ अध्यादेशअनुसार अब राष्ट्रियसभाको चुनाव हुँदा प्रत्येक प्रदेशबाट ६ जना सांसदहरु एकल संक्रमणीय विधिबाट छानिनेछन् । जसअनुसार जम्मा ४२ जना  एकल संक्रमणीय विधिबाट छानिनेछन्र ।

तर, दुईजना सांसदको हकमा भने बहुमतीय प्रणाली नै कायम रहनेछ । जसअनुसार बहुमतीय प्रणालीबाट छानिने सांसदहरूको संख्या १४ हुनेछ

अध्यादेशको दफा ३ मा भनिएको छ- ‘संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम निर्वाचित हुने सदस्यको निर्वाचनका लागि प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा एकल सङ्क्रमणीय मत प्रणाली बमोजिम प्रत्येक प्रदेशबाटनिर्वाचित हुन आवश्यक पर्ने मत प्राप्त गर्ने देहाय बमोजिम आठ जना सदस्य निर्वाचित हुनेछन् ।’
‘देहाय’ अन्तरगत महिला ३ जना, दलित १ जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १ जना र अन्य ३ जना प्रत्येक प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुनेछन् ।

यो सूचीमध्ये प्रत्येक प्रदेशबाट तीनजना महिला र तीनजना खुल्ला तर्फका सदस्यहरुको हकमा मात्रै एकल संक्रमणीय विधि लागू हुनेछ । किनभने, अध्यादेशको सोही दफाको उपदफा २ मा भनिएको छ-‘उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिमको कुनै समूहबाट एकजना सदस्य मात्र निर्वाचित गर्नुपर्ने अवस्थामा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछ ।’

अध्यादेशअनुसार प्रत्येक प्रदेशबाट दलित एक जना अनि अपाङ्ग/अल्पसंख्यक मध्येबाट पनि एकजना मात्रै निर्वाचित हुने भएकाले ती सांसदका लागि भने बहुमतीय प्रणाली नै लागू हुनेछ ।

अध्यादेशको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?