
१७ भदौ, काठमाडौं । संघीय निजामती सेवा विधेयक पारित गर्न राष्ट्रियसभाको दोस्रो बैठक बस्दैछ ।
पहिलो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले विधेयकको प्रतिवेदन पेश गरेकी छन् ।
त्यसपछि विधेयक पारित गर्नका लागि अध्यक्ष नारायण दाहालले दोस्रो बैठक राखेका हुन् ।
दोस्रो बैठक १० मिनेटपछि बस्ने तय भएको छ । दोस्रो बैठकबाट विधेयक पारित भएपछि प्रतिनिधिसभामा जान्छ ।
प्रतिनिधिसभाले यही भदौ १९ गते विधेयक पारित गर्ने तयारी गरेको छ । निजामती विधेयक ऐनमा रुपान्तरित भएपछि प्रशासनिक संघीयता कार्यान्वयनमा जानेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4