+
+
Shares

होटल अगाडि पार्किङ गरेको स्कुटर चोरी गर्दै गर्दा एक व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १८ गते १२:५०

१८ पुस, काठमाडौं । काठमाडौंको विभिन्न ठाउँबाट स्कुटर चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८ घर भई काठमाडौँ सितापाईला रामकोट बस्दै आएका २१ वर्षीय ज्ञानबहादुर तामाङ छन् ।

काठमाडौँ महानगरपालिका–२६ ज्याठा स्थित होटल ज्यूडिङ अगाडी पार्किङ गरी राखेको बा.९०प १५४० नम्बरको स्कुटर चोरी गर्दै गरेको अवस्थामा उनलाई प्रहरीले गएराति पक्राउ गरेको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?