+
+
Shares

काठमाडौं र नवलपरासीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

रासस रासस
२०७४ पुष २० गते ९:२५

२० पुस, काठमाडौं । काठमाडौं र नवलपरासीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ ।

नयाँ बसपार्कस्थित ब्याट्री कारखाना अगाडि मोटरसाइकलको ठक्करबाट गएराति लमजुङ पुरानोकोटका २६ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको  हो ।

राति ११ः३० बजे बालाजुबाट वनस्थलीतर्फ जाँदै गरेको बा ८४ प ६०१५ नंको मोटरसाइकलले गुरुङलाई ठक्कर दिएपछि गम्भीर घाइते भएकामा पिपल्स अस्पतालमा उपचारका क्रममा राति २ बजे निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

त्यसैगरी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गैँडाकोट–१५ अमरापुरी झराहीखोला नजिक बुधबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार देवचुली नगरपालिका–१४ का २२ वर्षीय मुकेश सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना २७ प ७३९२ नंको स्कुटरलाई विपरीत दिशाबाट आइरहेको को २१ प १९२३ नंको पल्सर मोटरसाइकलले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?