+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मलेसियामा काभ्रे सेवा समाजको गठन

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २० गते १७:५३

मलेसिया । रोजगारीको लागि काभ्रे जिल्लावाट मलेसिया आएका काभ्रेलीहरुले काभ्रे सेवा समाज मलेसिया गठन गरेका छन् ।

क्वालालम्पुरमा पासाङ पाख्रीन तामाङको संयोजकत्वमा बसेको बैठकले काभ्रे सेवा समाज मलेसिया गठन गरेको हो ।

समितिको अध्यक्षमा उर्गेन थोकर तामाङ,उपाध्यक्षमा ज्ञानु मोक्तान तामाङ र रमित लामा रहेका छन् ।

यसैगरी कोषाध्यक्षमा पासाङ पाखि्रन तामाङ, महासचिवमा दावा घिसिङ तामाङ,सचिवमा श्यामथिङ तामाङ रहेको छन् ।

सदस्यहरुमा दलबहादुर तामाङ,भोजकुमार दोङ, सोनम मोक्तान, राजु तामाङ, अतित तामाङ, रोहित वाईबा, भिमराज लामा, संग्रम मोक्तान, फूलकुमार तामाङ, जिरण तामाङ,चक्र तामाङ, मनु तामाङ, लाक्पा तामाङ, जगतसिं तामाङ, कोष बम्जन तामाङ रहेका छन् ।

कमिटीको सल्लाहकारमा अम्बरबहादुर तामाङ र संसार लामा घिसिङ रहेका छन् ।

सबै काभ्रेलीहरुलाई सकेसम्म समेटेर सम्पूर्ण प्रक्रिया पूरा गरी गैरराजनीतिक,गैरनाफामूलक एक विशुद्ध सामाजिक संस्था गठन गरिएको समाजका महासचिव तामाङले बताए ।

समाजको प्रमुख उदेश्य मलेसियाको विभिन्न ठाउँमा छरिएर रहेका काभ्रेलीहरुलाई एकीकृत गर्दै जिल्लावासीलाई मलेसियामा आइपरेका समस्यामा सघाउ पुर्‍याउनुको साथै नेपालमा समेत सामूहिक लगानी र जिल्लाको विकासमा चौतर्फी बिकासमा सहयोग पुर्‍याउने रहेको समाजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?