२० पुस, काठमाडौं । कर्मचारी सञ्चय कोषमा रकम वचत गरेका सञ्चयकर्ता तथा कर्मचारी, नेपाल विद्युत प्राधिकरणका कर्मचारी तथा चिलिमे जलविद्युत कम्पनी लिमिटेडका कर्मचारीहरुले सानिमा क्यापिटल मार्फत् डिम्याट खाता खोल्दा शुल्क नलाग्ने भएको छ ।
खाता खोल्न सक्कल नागरिकता, पासपोर्ट साइजको फोटो १ थान आवश्यक पर्ने कम्पनीले उल्लेख गरेको छ । हाल यस्तो शुल्क ५० रुपैयाँ रहेको छ ।
निकट भविष्यमा साञ्जेन जलविद्युत कम्पनी लिमिटेड, रसुवागढी जलविद्युत आयोजना तथा मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडहरुका साधारण सेयर निष्काशन हुने र त्यसको लागि डिम्याट खाता अनिवार्य रहेकोले यस्तो सुविधा दिन लागेको हो ।
सेयर आवेदनका लागी आवश्यक डिम्याट खाता सानिमा बैंक लिमिटेडको देशैभरी रहेका कुनै पनि शाखा कार्यालय तथा सानिमा क्यापिटल लिमिटेडबाट खोल्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4