+
+
Shares

अब फेसबुकमा उल्लेख्य परिर्वतन !

यस्तो छ जुकरबर्गको संकल्प

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २१ गते १३:३३

नयाँ वर्ष २०१८ मा प्रवेश गर्दा संसारका धेरै व्यक्तिहरुले विभिन्न खाले संकल्प गरे । उनीहरु मध्ये एक थिए फेसबुकका संस्थापक मार्क जुकरबर्ग ।

उनले फेसबुकका तमाम समस्याहरुको समाधान खोज्ने संकल्प लिएका छन् । फेसबुकमा नै पोष्ट गरेको एउटा आलेखमा उनले फेसबुकका नीतिहरु तथा यसका उपकरणहरुको गलत प्रयोग भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

फेसबुकको सुरुवात सन् २००४ मा भएको थियो र २००९ देखि नै जुकरबर्गले हरेक वर्ष एउटा-एउटा संकल्प लिने गरेका छन् ।

पछिल्लो समय फेसबुकले फेक न्यूज बढावा दिएको भन्दै आलोचना भएको छ । खास गरी २०१६ मा अमेरिकाका राष्ट्रपति चुनावका क्रममा फेसबुकको उपयोगलाई लिएर पनि प्रश्नहरु उठे ।

जुकरबर्गको भनाइ छ कि उनी उनले यो महत्वपूर्ण विषयलाई पनि आफ्नो प्राथमिकता सूचीमा समावेश गरेका छन् । जस्तै ‘हाम्रो समुदायलाई घृणा र दुर्व्यवहारबाट बचाउनु, राष्ट्रहरुको दख्खलबाट फेसबुकलाई बचाउनु र यो सुनिश्चित गर्नु कि फेसबुकमा बिताइएको सयम तपाईंको बहुमूल्य समय होस् ।’

उनले लेखेका छन्, ‘हामी सबै गल्तीहरु त रोक्न सक्दैनौं, तर अहिले हाम्रो नीति र उपकरणहरुको दुरुपयोग गरेर कैयन् गल्तीहरु गरिँदै छ । यदि यो वर्ष हामी सफल भयौं भने २०१८ को सफल अन्त्य हुनेछ ।’

फेसबुकका सीईओका अनुसार उनी केही फरक गर्नुको साटो यी मुद्दाहरुमाथि गहिरोसँग काम गरेर सिक्न चाहन्छन् । तर, आलोचकहरुले प्रश्न गरेका छन् कि उनले यी विषयहरुलाई वर्षेनी चुनौतिहरुको सूचीमा किन राख्नुपर्छ ?’

माया कोसोफले टि्वट गरेकी छिन्, ‘जुकरबर्गका लागि २०१८ मा यो चुनौति थियो कि उनले फेसबुकका सीईओ भएर ती कामहरु गरुन् जो उनले गर्नुपर्छ ।’

जुकरबर्गले अगाडि लेखेका छन्, ‘प्रविधिले यो वाचा गरेको थियो कि शक्ति मानिसहरुको हातमा जानेछ तर, अब धेरै मानिसहरु यो कुरामा विश्वास गुमाइसकेका छन् र उनीहरुलाई लाग्छ कि प्रविधिले शक्तिलाई आफूमा सीमित राखेको छ ।

उनले एनक्रिप्सन र डिजिटल मुद्राको ट्रेन्डले यसलाई काउन्टर गर्न सक्ने बताए ।

जुकरबर्गले भने, ‘यो आत्म सुधारका लागि एउटा महत्वपूर्ण वर्ष हुनेछ र साथै म पनि यस्ता कुराहरुलाई ठीक गर्न काम गरिरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?