Comments Add Comment

स्कुलमा ‘लेडी गुण्डा’ले परिचित विपाशा


कुनै समय बलिउडमा बोल्ड एण्ड ब्युटि भनेर चिनिने नायिका विपाशा बसु अहिले गुमनाम छिन् । पछिल्लो हिन्दी चलचित्र ‘अलोन’ पछि उनको कुनै पनि प्रोजेक्टमा देखिएकी छैनन् । उनी मोडलिङ हुँदै अभिनयमा प्रवेश गरेकी हुन् ।

आजदेखि ३८ वर्ष पार गरेकी विपाशा बसु बंगाली परिवारकी हुन् । उनको पढाई दिल्लीको नेहरु प्लेस स्थित एपीजे हाइस्कुलमा भएको थियो । त्यसपछि उनको परिवार कोलकात्ता सिफ्ट भयो । विपाशाले १६ वर्षको उमेरमा मोडलिङ सुरु गरेकी थिइन् । मोडलिङमा सफल भएपछि सन् २००१ मा हिन्दी चलचित्र ‘अजनबी’बाट उनले फिचर फिल्ममा डेब्यु गरिन् । सोही चलचित्रबाट उनले नव-नायिकाको अवार्ड पनि जितिन् ।

अहिले पनि विपाशाको कामुक छवि कायमै छ । तर, सानोमा उनी काली र मोटी थिइन् । यतिसम्मकी स्कुल पढ्दा उनीसँग धेरै साथीहरु डराउथ्य । स्कुल पढ्दा उनी ‘लेडी गुण्डा’को रुपमा चिनिन्थिन् ।

सन् २००२ मा बनेको ‘राज’ उनको पहिलो हिट चलचित्र थियो । उनले अहिलेसम्म ५५ बढी चलचित्रमा अभिनय गरेकी छिन् । ‘आँखे, गुनाह, जिस्म, जमिन, ऐतबार, मदहोशी, फिर हेराफेरी, धुम-२, रेस’ उनका हिट चलचित्र हुन् ।

करण सिंह ग्रोवरसँग विवाह गरेकी विपाशाको करणसँग पहिलो भेट ‘अलोन’को सेटमा भएको थियो । करिब एक वर्षको डेटिङपछि बंगाली परम्परा अनुसार उनीहरुको विवाह भएको थियो ।

४ नायकसँग प्रेम
धेरै पुरुषको संगत गर्ने नायिकाको रुपमा चिनिन्छिन् विपाशा । ‘राज’मा काम गर्ने क्रममा उनी डिनो मोरियासँग नजिक थिईन् । लगभग ६ वर्षसम्म उनीहरु प्रेम सम्बन्धमा रहे । तर, सम्बन्ध दिगो हुन सकेन ।

अर्का नायक जोन अब्राहमसँग पनि उनको प्रेम केहि बर्ष चल्यो । लगभग १० वर्ष उनीहरु रिलेशनमा रहे । उनीहरुको लभ केमेस्ट्रीको पनि राम्रै चर्चा हुन्थ्यो । एक दशकसँग रिलसँगै रियल रोमान्समा रमाएका विपाशा र जोनको सम्बन्ध टुटेको खबरले केहि दर्शक समेत दुःखी भए । हरमन वावेजासँग पनि उनको दोस्ती राम्रै थियो । तर, सम्बन्ध दिगो हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment