Comments Add Comment

फेरि अनसन बस्दै डा. केसी, प्रधानन्यायाधीशविरुद्ध लड्ने संकल्प

२४ पुस, काठमाडौं । आफ्नै अनसनका क्रममा बर्खास्त भएका डीनलाई अदालतले पुनर्वहाली गर्न आदेश दिएपछि डा. गोविन्द केसी फेरि अनसन बस्ने भएका छन् ।

उनले केहीबेरमा त्रिवि शिक्षण अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दैछन् । निकटवर्तीहरुका अनुसार डा. केसीले १४ औं अनसन सुरु भएको घोषणा गर्नेछन् ।

डा. केसीको दशौं अनसनका क्रममा बर्खास्त भएका डीन शशी शर्मालाई सर्वोच्च अदालतले ४ दिन (बाँकी कार्यकाल)का लागि पुनर्वहाली गर्न आदेश दिएको छ । लगत्तै त्रिवि पदाधिकारीले पुनर्वहालीको प्रबन्ध मिलाउन आईओएमलाई भनेको छ ।

डा. शर्मा फर्किए पनि हालका डिन जेपी अग्रवालबारे भने त्रिविले कुनै निर्णय गरेको छैन ।

केसीको माग अनुसार अग्रवाल डिन बनेका थिए । स्रोतका अनुसार शर्मा फर्किएसँगै सर्च कमिटी बनाएर नयाँ डिन नियुक्ति गर्ने डा. केसीको आशंका छ ।

मेडिकल माफियाको स्वार्थ र साँठगाँठ अनुसार न्यायालयकै मानमर्दन हुने गरी फैसला भएको केसीले बताएका छन् ।

शर्मालाई पुनर्वहाली गर्ने निर्णयमा आपत्ति जनाउँदै उनले भनेका छन्, ‘प्रधानन्यायधीश र तिनले स्थापित गरेका माफियाहरुविरुद्ध लड्नुको अब विकल्प छैन ।’

याे पनि पढ्नुस् 

डा. शर्मालाई ४ दिनका लागि डीनमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment