+
+

मलेसियामा नेपाली सेक्यूरिटी गार्डलाई तीन महिना जेल सजाय

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २४ गते १३:४८

२४ पुस, काठमाडौं । मलेसियामा एक नेपाली सेक्युरिटी गार्डलाई त्यहाँको म्याजिस्ट्रेट कोर्टले तीन महिनाको जेल सजाय सुनाएको छ ।

एउटा सुपरमार्केटबाट १३२ आरएम पर्ने दुई बोतल रक्सी चोरेको अभियोगमा उनलाई सो सजाय तोकिएको हो ।

विश्व सुबेदी नाम गरेका ४४ वर्षीय  ती नेपालीले गत वर्षको २२ डिसेम्बरमा क्वालालम्पुरस्थित सेतिवाङ्सामा रहेको एइयोन एयू २ सुपरमार्केटबाट ज्याकोब्स क्रिक सिराज रोज वाइनका दुई बोतल चोरी गर्दा रंगेहात पक्राउ परेका थिए ।

दुई छोराछोरीका यी बाबुले मलेसियामा ‘ओभर स्टे’ गरेकोमा समेत तीन महिनाको जेल सजाय पाएका छन् ।

अदालतले विश्वलाई पक्राउ परेको मिति डिसेम्बर २२ देखि नै गणना हुने गरी दुवै सजाय भुक्तान गर्न आदेश दिएको बेरनामा डटकमले समाचार लेखेको छ। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?