+
+
Shares

नवलपरासीमा दुर्घटनामा परी दुईको मृत्यु

रासस रासस
२०७४ पुष २५ गते १४:३७

२५ पुस, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका-११ जमुवाडमा मंगलबार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

परासीबाट भूमहीतर्फ जाँदै गरेको लु१ख ९२३६ नंको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९२४५ नंको ट्रक एकापसमा ठक्कर खाँदा सो दुर्घटना हुँदा अन्य छ जना घाइते भएका छन् ।

दुर्घटनामा परी बसका सहचालक नवलपरासी रामग्राम-५ बस्ने २६ वर्षीय जीतेन्द्रकुमार पाण्डे र बसमा सवार नवलपरासी रामग्राम–२ बस्ने ३५ वर्षीय अरविन्द्र ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ठाकुरको जिल्ला पृथ्वीचन्द्र अस्पताल र पाण्डेको रामनगर सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?