चाणक्य चन्द्रगुप्त मौर्यका महामन्त्री थिए । उनी कौटिल्य नामबाट पनि विख्यात थिए । उनले नन्दवंशलाई नष्ट गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए । उनीद्वारा रचित अर्थशास्त्र राजनीति, अर्थनीति, कृषि, समाजनीति आदि महान ग्रन्थ हो ।
एक शासक कस्तो हुनुपर्छ ? यसको विवरण चाणक्यले आफ्नो चाणक्य नीतिमा विस्तृतमा लेखेका छन् । कौटिल्यका अनुसार-
शासक कुलिन हुनुपर्छ ।
शासक स्वस्थ्य र शासनको अनुसरण गर्ने हुनुपर्छ ।
राम्रो शासक निर्भिक, शास्त्रको ज्ञात भएको, संयमी र पराक्रमी हुनुपर्छ ।
अर्थशास्त्रको रचना
कौटिल्यको महान कृति अर्थशास्त्र आज पनि प्रासंगिक छ । यसमा पन्ध्र अधिकरण, एक सय ८० प्रकरण र ५० अध्याय र ६ हजार श्लोक हुन्छ । यस कृतिमा राजनीति, अर्थशास्त्र, इन्जिनियरिङ विद्या, रसायन शास्त्र, भूगर्भ विद्या तथा अनेक विषय समाहित गरिएको छ ।
कौटिल्यद्वारा हस्तिलिखित यो ग्रन्थ अर्थशास्त्रमा आधारित राजनीतिक ग्रन्थ हो ।
यसमा सबै राजनीतिक विचारलाई समाहित गरिएको छ । कौटिल्यले राज्यको अवधारणा प्रतिपादन गरे । तर, यो भन्न गाह्रो छ कि, त्यसबेला राज्यको विचार किन प्रतिपादन भयो । संभवत त्यस समय विद्यमान हिंसा र अव्यवस्थाले राज्यको अवधारणको जन्म दियो ।
चाणक्यका अनुसार राज्यको सात अंग
चाणक्यले आफ्ना पूर्ववर्ती विद्वान मनु, भीष्म र शुक्रको राज्य कल्पनाको प्रतिपादन गरेर राज्यलाई सात अंगमा विभक्त गरेका छन् ।
१. स्वामी
स्वामी अर्थात शासक, जसको चौतर्फी शक्ति घुम्छ । कौटिल्यका अनुसार अमात्यका अर्थ मन्त्री र प्रशासनिक अधिकारी दुबै हुन् ।
२. अमात्य
शासकको दोस्रो महत्वपूर्ण अंग हो, अमात्य । अमात्यको महत्व बताउँदै कौटिल्य भन्छन्, ‘एउटा पाङ्ग्राले मात्र गाडी नचलेजस्तै बिना सहायता राजकाज चल्दैन । त्यसैले राज्यको हितमा सुयोग्य अमात्य नियुक्ती गर्नका लागि उनको परामर्श पालना गर्नुपर्छ ।
३. जनपद
कौटिल्यले तेस्रो अंगको रुपमा जनपदलाई स्विकार गरेका छन् । जनपद कार्यलयको अर्थ हो जनयुक्त भूमि । जनपदको व्याख्या गर्दैर् कौटिल्य भन्छन्, जनपदको स्थापना यस्तो हुनुपर्छ, जहाँ यथेष्ठ अन्न उब्जनी हुनुपर्छ । किसान मेहनती र शुद्ध स्वभावको हुनुपर्छ ।
४. दुर्गा
कौटिल्यका अनुसार दुर्गा राज्यको रक्षात्मक शक्ति तथा आक्रमण शक्तिको प्रतिक हो । उनले चार प्रकारको दुर्गाको व्याख्या गरेका छन् ।
५. कोष
राज्यको संचालनका लागि, देशको रक्षाको लागि, प्राकृतिक विपदबाट बच्नका लागि कोषको आवश्यक्ता हुन्छ । कौटिल्यले यसको महत्वलाई स्विकार्दै भनेका छन्, ‘धर्म, अर्थ र काममध्ये, सबैभन्दा महत्वपूर्ण अथए हो । किनभने दुबैको आधरस्तम्भ अर्थ हो ।’
६. दण्ड
कौटिल्यका अनुसार दण्डको आशय सेना हो । सेना राज्यको सुरक्षाको प्रतिक हो ।
७. मित्र
कौटिल्यका अनुसार राज्यको प्रगतिका लागि मित्रको आवश्यक हुन्छ । कौटिल्यका अनुसार मित्र यस्तो हुनुपर्छ कि, जसको वंश परम्परागत होस् । उत्साह आदि शक्तिले युक्त तथा समयमा सहायता गर्न समर्थ होस् । कौतिल्यले गुप्तचारको प्रयोग सरकारको अंहम हिस्सा मानेको छ ।
कर, उद्यम र व्यापार
कौटिल्यले आफ्नो अमूल्य रचना अर्थशास्त्रमा भनेका छन् कि, ‘कर यस्तो हुनुपर्छ कि त्यसले व्यापार वा उद्यमलाई अंकुश लगाउनु हुँदैन । वाणिज्यमा सुगमता हुनुपर्छ र कर दुई पटक लगाउनु हुँदैन । कौटिल्याले चेतावनी दिएका थिए कि, यदि यस सिद्धान्तको पालना भएन भने व्यापारी अर्को राज्यमा जानेछन् ।
प्रतिक्रिया 4