Comments Add Comment

भूकम्पले क्षति पुगेको सिन्धुपाल्चोकको जोखिमयुक्त बस्ती स्थानान्तरण सुरु

२७ पुस, काठमाडौं । २०७२ सालको भूकम्पका कारण सबैभन्दा बढी मानवीय र भौतिक क्षति पुगेको सिन्धुपाल्चोकमा जोखिमयुक्त बस्ती सार्न सुरु गरिएको छ ।

प्राधिकरणको पहलमा जिल्लामा पहिलो पटक १८ जना लाभग्राहीका लागि दुई लाख रुपैयाँ अनुदान दिएर सुरक्षित स्थानमा घडेरी खरिद गरिएको कार्यकारी सदस्य धुव्रप्रसाद शर्माले जानकारी दिए ।

प्राधिकरणको अगुवाई र जिल्ला प्रशासन कार्यालयको समन्वयमा जोखिमयुक्त बस्तीको रुपमा पहिचान भएको साविकको गाती गाविसका १८ घरधुरी परिवारलाई बाह्रबिसे नगरपालिका वडा नम्वर ३ मा स्थानान्तरण गर्ने प्रयोजनका लागि जग्गा व्यवस्थापन गरिएको हो ।

सरकारले दिएको प्रतिपरिवार दुई लाख रुपैयाँ अनुदानमा लाभग्राहीले रकम थप गरी कम्तीमा साढे दुई आनादेखि ८ आनासम्म घडेरी खरिद गरेका छन् ।

जोखिमयुक्त बस्ती पहिचान भएका लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा किन्न प्रति घरपरिवार दुई लाख रुपैयाँ सरकारले अनुदान दिँदै आएको छ । उनीहरूले निजी आवास पुनर्निर्माणमा थप ३ लाख रुपैयाँ समेत पाउने व्यवस्था छ ।

जोखिमयुक्त लाभग्राहीका रुपमा पहिचान भएका उनीहरूलाई १० बर्षसम्म खरिद गरेको घडेरी बेचबिखन नगर्न नपाइने र तीन महिनाभित्र भूकम्प प्रतिरोधी मापदण्ड अनुसार घर पुनर्निर्माण गर्ने शर्तमा सरकारी अुनदान दिएर जग्गा हस्तान्तरण गरिएको प्राधिरणका सचिव मधुसुदन अधिकारीले बताए ।

जोखिमयुक्त बस्ती स्थानान्तरणको प्रक्रियालाई अघि बढाउन कार्यकारी समिति सदस्य शर्मा, प्राधिकरणका सचिव अधिकारीसहितको टोली केहीदिन देखी सिन्धुपाल्चोकमा खटिएको थियो ।

प्राधिकरणको पहलमा यसअघि नुवाकोट, धादिङ, रसुवामा पनि जोखिमयुक्त बस्तीका लाभग्राहीलाई सुरक्षित स्थानमा सार्न जग्गा व्यवस्थापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment