Comments Add Comment

गौचन हत्याकाण्डमा संलग्न थप ३ जना पक्राउ

२७ पुस, काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरका राजकुमार शाह, काठमाडौंका सुर्य बाजी र सिरहाका श्याम गुप्ता छन् । महानगरीय प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

परिसरका एसपी रामदत्त जोशीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार उनीहरुले घटनामा संलग्न अभियुक्तहरुलाई सहयोग गरेका थिए । ‘काेहीले सीम कार्ड दिएको र काेही आर्थिक लेनदेनमा संलग्न भएको देखिएको छ’, जोशीले भने ।

यसअघि प्रहरीले घटनाको मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसहित ७ जनालाई पक्राउ गरिसकेको छ ।

यसैबीच, परिसरले गौचन हत्याकाण्डको अनुसन्धान प्रतिवेदन मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रहरीले अभियुक्तहरुलाई सर्वश्वसहित जन्मकैदको माग दाबी गरेको छ ।

गाैचनकाे गत २३ असोजमा काठमाडौंमा दिनदहाडै गोली हानी हत्या भएको थियो । गौचनले आफ्नो कन्स्ट्रसन कम्पनीमा कुमार घैंटेमार्फत लगानी भित्र्याएको र त्यही रकम विवादमा उनको हत्या भएको थियाे ।

याे पनि पढ्नुस्

गौचन हत्याकाण्डको नयाँ ट्वीस्टः घैंटेको लगानी फिर्ता नगर्दा हत्या !

फिरौती नदिएकै कारण गौचनको हत्या, समिरमान योजनाकार

गौचन हत्यामा संलग्न थप दुई पक्राउ, २ पेस्तोल र १० राउण्ड गोली बरामद

निर्माण व्यवसायी शरद गौचन शहीद घोषित

भाडाका हत्याराः कन्ट्रयाक्ट किलिङको अन्तर्राष्ट्रिय कनेक्सन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment