२७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेको छ । नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न सरकार छाड्न लागिएको उसले बताएको छ ।
माओवादी नेता एवं विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले भने, ‘सरकार छाड्ने निर्णय भएको छ ।’
यद्यपि मन्त्रीहरुले राजीनामा दिने कि पार्टीले फिर्ता बोलाउने भन्ने अझै टुंगिएको छैन ।
केही मन्त्री राजधानी बाहिर रहेकाले भोलिसम्ममा सरकार छाड्ने तयारी रहेको पोखरेलले बताए । उनले भने, ‘पार्टी फिर्ता बोलाउनेतिर जान्छौं होला ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4