Comments Add Comment

त्रिवि भन्छः पद रिक्त छ, डा. अग्रवाल भन्छन्ः म नै डीन हूँ

२८ पुस, काठमाडौ । चार दिनका लागि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा पुनर्वहाली गरेका डा. शशी शर्माले बिहीबारबाट अवकाश पाएका छन् ।

सर्वोच्च अदालतबाट डीन बनेका शर्माको अवकाशसँगै आईओएमको डीन को भन्ने बहस सुरु भएको छ ।

त्रिभुवन विश्व विद्यालयले औपचारिक रुपमा कुनै निर्णय गरेको छैन । तर, डीन पद रिक्त रहने बताएको छ ।

‘त्रिविमा छलफल नभएका कारण डीन को बन्छ भनेर यसै भन्न सकिन्न’ रजिष्टार डिल्लीराम उप्रेतीले अनलाइनखबरसँग भने, ‘त्यतिञ्जेल डीन पद रिक्त नै रहन्छ । डीनको कार्यभाल केही दिनका लागि सहायक डीनले सम्हाल्नेछन् ।’

डा. गोविन्द केसीको अनसनद्धारा आईओएमको डीनमा नियुक्त भएका डा. जगदीश अग्रवालले शर्माको अवकाश लिएसँगै आफू नै डीन रहेको दाबी गरेकाछन् ।

‘सर्वोच्चले डा. शशी शर्मालाई चार दिनका लागि पुर्नबहाली गरेपनि मेरो नियुक्तिलाई गैरकानुनी भनेको छैन । त्यसैले मेरो नियुक्तिलाई लिएर अन्यथा बोल्न पनि मिल्दैन’ उनले भने ।

आफूले शुक्रबारबाट पुनः डीनको पद सम्हालेको भन्दै अग्रवालले भने, ‘यस पदका सन्दर्भमा केही शुद्धाशुद्धी गर्नु पर्ने हो भने त्रिविले कुनै निर्देशन दिनु पर्‍यो । हैन भने अदालतबाट आएको आदेश नै यस पदमा रहिरहनको लागि पर्याप्त छ ।’

शर्मालाई पुनर्वहाली गर्न आदेश दिएपछि नै डा. गोविन्द केसीले आमरण अनसन थालेका थिए । त्यही क्रममा उनीविरुद्ध अदालतको अवहेलनाको मुद्दा लाग्यो भने उनी पक्राउ पनि परे । तर, उनको माग अनुसार प्रधानन्यायाधीश गोपाल पराजुली पनि न्यायिक छानविनको दायरमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment