त्यस पर्व, उत्सवको महत्व बढी हुन्छ, जसको उल्लेख वैदिक धर्मग्रन्थ, धर्मसूत्र र आचार संहितासँग मिल्छ । केहि यस्ता पर्व छन्, जसलाई मनाउने आफ्नो विशिष्ठ विधी छ । यस पर्वमा सूर्य-चन्द्रको संक्रान्ति र कुम्भको अधिक महत्व छ ।
१. किन भनिएको मकर संक्रान्ति ?
मकर संक्रान्तिमा ‘मकर’ शब्दले मकर राशिलाई इंगित गर्छ । जबकी संक्रान्तिको अर्थ संक्रमण अर्थात प्रवेश गर्नु भन्ने हुन्छ ।
मकर संक्रान्तिको दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ । एक राशिलाई छाडेर अर्को राशिमा प्रवेश गर्ने यस विस्थापन क्रियालाई संक्रान्ति भनिन्छ । सूर्य मकर राशिमा प्रवेश गर्छ त्यही कारण यसलाई मकर संक्रान्ति भनिन्छ । हिन्दु महिना अनुसार पुष शुक्ल पक्षमा मकर संक्रान्ति पर्व मनाइन्छ ।
२. सूर्य उत्तरायन हुने
चन्द्रको आधारमा महिनालाई दुई भागमा विभाजन गरिएको छ, कृष्ण र शुक्ल पक्ष । यसै हिसाबले सूर्यको आधारमा बर्षलाई दुई भागमा विभाजन गरिएको छ, उत्तरायन र दक्षिणयन ।
यस दिनदेखि सूर्य उत्तारयन हुन्छ । उत्तरायन अर्थात त्यस समयदेखि धर्तीको उत्तरी गोलार्द्ध सूर्य नजिक हुन पुग्छ । ६ महिना सूर्य उत्तरायन हुन्छ, ६ महिना दक्षिणायन । अतः यो पर्वलाई उत्तरायन भनिन्छ ।
३. यस पर्वको भौगोलिक विवरण
पृथ्वी साढे २३ डिग्री अक्षतर्फ झुकेर सूर्यको परिक्रमा गर्छ ।
वास्तवमा चन्द्रमाको पथलाई २७ नक्षत्रमा बाँढिएको छ, जबकी सूर्यको पथ १२ राशिमा बाँढिएको छ । हाम्रो ज्योतिष शास्त्रले यस चार स्थितीलाई १२ संक्रान्तिमा बाँढेको छ ।
४. अन्नवाली लहलह भएको बेला
हाम्रो मुलुक कृषिमा आधारित छ । अधिकांश कृषि पेशामा आश्रति छन् । अतः मकर संक्रान्तिको समयमा खेतीमा बाली लहलह भएको हुन्छ । यहि खुसीले पनि मकर संक्रान्तिमा रौनक थप्छ ।
५. तिल, गुड, लड्डु र पकवान
जाडोको यस सिजनमा मौसमी तापमान एकदमै कम हुने भएकाले शरीरमा रोग लाग्ने भय हुन्छ । त्यसैले यस दिन गुड, तिलले बनेको मिठो परिकार, खाने गरिन्छ । बाँढिचुडी गरिन्छ । यसले शरीरमा गर्मी पैदा गर्छ । साथै आवश्यक पोषक तत्व पनि परिपूर्ति गर्छ ।
६. स्नान, दान, पूण्य र पूजा
भनिन्छ, यस दिन सूर्य आफ्ना पुत्र शनिदेवसँगको तुष त्यागेर उनको घर गएका थिए । त्यसैले यस दिन पवित्र नदीमा स्नान, दान, पूजा आदि गर्दा पुण्य हजार गुण हुने धार्मिक विश्वास छ । यस दिन नदी वा घाट किनारमा मेला पनि लाग्छ । यसै दिनबाट मलमास पनि समाप्त हुन्छ तथा शुभ महिना प्रारम्भ हुन्छ ।
७. राम्रो दिनको सुरुवात
भगवान श्रीकृष्णले पनि उत्तरायनको महत्व बताउँदै गीतमा भनेका थिए कि, उत्तरायनका ६ मासको शुभ कालमा जब सूर्यदेव उत्तरायन हुन्छ, पृथ्वी अरु बढी प्रकाशमय हुन्छ ।
८. ऐतिहासिक तथ्य
हिन्दू धर्मशास्त्र अनुसार मकर संक्रान्तिदेखि देवताको दिन प्रारम्भ हुन्छ, जो असार माससम्म रहन्छ । महाभारत कालमा भीष्म पितामहले आफ्नो देह त्याग्नका लागि मकर संक्रान्ति नै चयन गरेका थिए । मकर संक्रान्तिका दिन गंगाजी भगीरथको पछि-पछि हुँदै कपिल मुनीको आश्रम हुँदै सागरमा मिलेको थियो ।
प्रतिक्रिया 4