+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

देउवाको प्रश्नः बहुमत नै नभई सरकार छाड् भन्न लाज लाग्दैन ?

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ३० गते १६:१५

३० पुस, कैलाली । प्रधानमन्त्री शेरवहादुर देउवाले सरकारमा बसिरहने आफ्नो रहर नभएको बताएका छन् । अहिले प्रतिनिधिसभाले पूर्णता नै नपाएको भन्दै उनले राष्ट्रियसभा निर्वाचन गराउनु आफ्नो बाध्यता भएको बतए ।

आइतबार कैलालीको गोदावरीमा वाह्र राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘बहुमत ल्याउनुस्, सरकार बनाउनुस् । कसले रोकेको छ ?’

राजनीतिक कुरा बोल्न योजना नभएपनि पूर्ववक्ताले धेरै कुरा बोलेपछि बोल्नु पर्ने बाध्य भएको बताए । उनी अघि बोलेका कैलाली ५ का सांसद एमाले नेता नारादमुनी रानाले सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।

रानाको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै देउवाले भने, ‘सरकारमा बस्ने रहर छैन, कतिपल्ट भनिसकेको छु ।’

अघि भने, ‘निर्वाचन आयोगले भनेको छ, राष्ट्रियसभाको चुनाव गराऊ । राष्ट्रियसभाको चुनाव गराउनु बाध्यता हो मलाई । आयोगसँग परामर्श गरेर २४ गते तोकेको छु ।’

राष्ट्रियसभा निर्वाचनपछि संसदमा समानुपातिबाट कति पठाउनु पर्ने हो तय हुने भन्दै देउवाले भने, ‘प्रतिनिधिसभा नै पूर्ण भएकै छैन, कसलाई सत्ता हस्तान्रण गरुँ ?’

कानुनसम्वत रुपमा आए आफू मिनेटमा सत्ता छाड्न तयार रहेको भन्दै कांग्रेस सभापति समेत रहेका देउवाले भने, ‘कानुनी प्रक्रिया, संविधानको दायरा केही नबुझी सत्ता हस्तान्तरणको राग मात्र अलापेर हुन्छ ? लाज त लाग्नु पर्ने हो ।’

उनले वाम गठबन्धनका नेताहरुलाई अहिले त यति उत्ताउलो हुनुहुन्छ, भोलि के गर्नुहोला ? भनेका छन् ।

प्रधानमन्त्री देउवाले तीन दिन भित्रै सात वटै प्रदेशका प्रमुख र अस्थायी मुकाम तोकिने बताए । दलीय सहमतिको प्रयास गर्दा ढिलाइ भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?