+

माघे संक्रान्तिमा किन खाने घिउ, चाकु, तरुल र पिडालु ? यस्तो छ कारण

२०७४ माघ  १ गते १३:१२ २०७४ माघ १ गते १३:१२
माघे संक्रान्तिमा किन खाने घिउ, चाकु, तरुल र पिडालु ? यस्तो छ कारण

तिहारमा सेलरोटी, दशैंमा मासु भनेजस्तै माघे संक्रान्तिका लागि पनि विशेष खानेकुरा छन् । खासगरी यतिबेला तरुल खाइन्छ । तरुल अर्थात कन्दमुल, जो जमिनमुनीबाट निकालिन्छ । तरुल लहरामुनी फल्ने फल हो ।

तरुल पुस–माघमा उत्पादन हुने गर्छ । यतिबेला शरीरलाई आवश्यक पोषण यही तरुलले पूर्ति गर्छ । त्यसो त प्राकृतिले हामीलाई समय अनुकुल उचित किसिमको खानेकुरा पनि दिएको छ । जस्तो कि, जाडो याममा तरुल ।

हामीकहाँ धेरै थरीका तरुल पाइन्छ । घर तरुल, बन तरुल, हात्तिपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल, स्कुसको जरा । यससँगै पिँडालु, सख्खरखण्ड आदि पनि खाइन्छ । अर्थात्, यस सिजनमा जे जति कन्दमुल उत्पादन हुन्छन्, ति माघे संक्रान्तिको विशेष परिकार बन्छ ।

त्यसो त माघे संक्रान्तिको दिन चाकु, सख्खरबाट बनाइने परिकारलाई पनि प्राथमिकता दिइन्छ । वास्तवमा यी सबै हाम्रो शरीरले मौसमअनुकुल माग गर्ने खाद्य पदार्थ हुन् । माघे संक्रान्तिलाई विशेष दिन बनाएर यी खाद्य पदार्थको महत्व दर्शाएको हो ।

यद्यपी, एक दिन मात्र तरुल खाएर पुग्दैन । वास्तवमा जाडो महिनाभर वा जतिबेलासम्म उपलब्ध हुन्छ, हाम्रो खानामा यसलाई सामेल गर्नुपर्छ ।

माघे संक्रान्तिमा किन तरुल खाइन्छ ? घिउ, चाकु किन खाइन्छ ? तिलको लड्डु किन खाइन्छ ? यसको खास महत्व छ ।

घिउ, चाकु, सक्कर

माघे संक्रान्तिको अवसरमा माघको पहिलो दिन खाइने घिउ, चाकु तथा सख्खरले शरीरलाई शक्ति प्रदान गर्नुुका साथै शरीरलाई भित्रबाटै न्यानो प्रदान गर्छ । साथै, यसले शरीरलाई चिसो तथा चिसोका कारण शरीरमा लाग्ने रोगसित लड्ने क्षमताको विकास गर्न मद्दत गर्छ ।

त्यति मात्र होइन, चाकु, तथा सक्कर चिनीबाट बनेको नभई विभिन्न तत्वबाट बनाइने हुदाँ यसले शरीरमा विभिन्न खनिज पदार्थको रुपमा समेत काम गर्दछ ।

त्यस्तै, घिउ आफैमा अन स्याचुरेटेड फैटी एसिड भएकोल यसले शरीरमा बोसो जम्न दिदैन । बरु शरीरलाई आवश्यक पर्ने चिल्लोको प्रवाह गरी शरीरलाई बलियो बनाउन मद्दत गर्छ ।

तिल

तिल आफैमा नजम्ने अनस्याचुरेटेड फैटी एसिड हो । यसले पाचन प्रकृयालाई मजबुत बनाउनुका साथै शरीरमा प्रशस्त मात्रामा भिटामिन ‘ई’ को प्रवाह गर्छ । तिलमा प्रशस्त मात्रामा खनिज पदार्थ हुने भएकोले यसले रोगसित लड्न पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

तरुल, पिँडालु

कन्दुमुलका नामले चिनिने तरुल तथा पिडालु रेशेदार खानेकुरा हो । यसले शरीरमा कैलोरी बढाउनुका साथै शरीरमा ताप पैदा गर्छ । साथै तरुल तथा पिडालुको सेवनले शरीरमा चिल्लो तथा बोसो जम्न दिदैन ।

तरुल तथा पिडालु रेशेदार हुने भएकोले यसले शरीरमा कब्जियत हुन दिदैन । यसको नियमित सेवनले ठूलो आन्द्रामा जमेको फोहर वा दिशालाई मलद्धारद्धारा सजिलै बाहिर निकाल्न मद्दत गर्छ ।

(लेखक प्रा. डा उमा कोइरालासँगको कुराकानीमा आधारित)

घिउ चाकु तरूल पिडालु
डा. उमा कोइराला
लेखक
डा. उमा कोइराला
पोषणविद

डा. कोइराला पोषणविद् हुन् । उनी हाल  राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिकी सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मान्छे किन दु:खी हुन्छ ?

मान्छे किन दु:खी हुन्छ ?

शरीरको तौल १२० केजीबाट ६९ मा झार्न सबानाले अपनाएको दैनिकी

शरीरको तौल १२० केजीबाट ६९ मा झार्न सबानाले अपनाएको दैनिकी

छाती दुख्यो : मुटुको समस्या हो कि ग्यास्ट्राइटिस ?

छाती दुख्यो : मुटुको समस्या हो कि ग्यास्ट्राइटिस ?

योगबाट कसरी पूर्ण लाभ लिन सकिन्छ ? (भिडियोसहित)

योगबाट कसरी पूर्ण लाभ लिन सकिन्छ ? (भिडियोसहित)

एकै महिनामा दुईपटक महिनावारी, कुनै रोगको संकेत हो ?

एकै महिनामा दुईपटक महिनावारी, कुनै रोगको संकेत हो ?

किन हुन्छ बारम्बार गर्भपतन ?

किन हुन्छ बारम्बार गर्भपतन ?