Comments Add Comment

महोत्तरीको मुसहर र बातर वस्तीमा ‘न्यानो’ वितरण

२ माघ, महोत्तरी । शीतलहरबाट प्रभावित बनेका भङ्गाहा नगरपालिकाका ७० घरपरिवारका लागि धुर्मुस सुन्तली फाउण्डेशन र स्थानीय संघ सँस्थाहरूले राहत वितरण गरेको गरेका छन् ।

भङ्गाहा नगरपालिका- ४ स्थित विपन्न ३९ मुसहर घरपरिवार र ३१ बातर परिवारलाई न्यानो बितरण गरिएको हो ।

भंगाह नगरपालिका-४ स्थित रामनगरका अतिबिपन्न परिवार र मुसहर समुदायका ३९ परिवारलाई नगर पत्रकार संजाल बर्दिवास, भङ्गाहा नगरपालिका र नेपाल रेडक्रस बर्दिवास उपशाखाले न्यानो कपडा, कम्बल बितरण गरेको हो ।

यस्तै ३१ बातर परिवारलाई धुर्मुससुन्तली फाउन्डेसनले शीतलहरबाट बच्न न्यानो ब्लाङ्केट बितरण गरेको नेपाल रेडक्रस बर्दिवास उपशाखाका उपसभापति सुमन भुजेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment