+
+
Shares

‘मिस्टर भर्जिन’मा छुल्ठिमको आइटम

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ३ गते ११:५९


तीन जना यूवाको यौन मनोविज्ञानको कथालाई उठान गरिएको चलचित्र ‘मिस्टर भर्जिन’को छायांकन सकिएको छ । नायिका छुल्ठिम गुरुङलाई एउटा आइटम गीतमा फिचर गर्दै चलचित्रको छायांकन सकिएको जानकारी निर्माणपक्षले दिएको छ ।

यो गीतको भिडियोमा छुल्ठिमसँगै गौरव पहारि र कमलमणि नेपाललाई देख्न सकिन्छ । करिब १ करोडको लगानीमा चलचित्रको छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । ‘मिस्टर भर्जिन’लाई निर्देशक विशारद बस्नेतको निर्देशन गरेका हुन् ।

चलचित्रमा गौरव पहारि, विजय बराल, कमलमणि नेपाल, मरिष्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वार र दीपकमान सिंहको कोरियोग्राफी छ ।

वल्र्ड वाइड फिल्म डिस्ट्रिब्यूसन प्रालिको ब्यानरमा यो चलचित्र निर्माण भएको हो । खिलेन्द्र तिमिल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र विशारद बस्नेतको यसमा लगानी छ । आउँदो बर्षको वैशाख महिनामा चलचित्र रिलिज गर्ने तयारी समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?