Comments Add Comment

स्मरणशक्ति बढाउने सजिलो काइदा यस्तो छ

हामी अनेक तनावले घेरिएका छौ । करियर, परिवार, पैसाको चक्करमा कहिले काहिं सानोतिनो कुरा पनि भुल्न पुग्छौं । आफ्नै सामान राखेको ठाउँ हेक्का हुँदैन, आफैले चलाएको कुरा कता छाडियो भेउ पाउँदैनौं । अर्थात हाम्रो स्मरण क्षमता कमजोर हुँदैछ ।

यसले हाम्रो दैनिक कार्य नै प्रभावित समेत हुन पुग्छ । आखिर यसबाट कसरी छुटकारा पाउने ? यहाँ सजिलो काइदा दिइएको छ ।

फिट रहने

स्वस्थ शरीरमा नै स्वस्थ मनको वास हुन्छ । उमेर ४० वर्षभन्दा अधिक छ भने हप्तामा ४-५ दिन एरोबिक एक्सरसाइज वा हिँडडुल गर्ने । यसबाट केवल शरीर मात्र होइन, दिमाग पनि चुस्त-दुरुस्त रहन्छ ।

एक्सरसाइजले दिमागका लागि टनिकको काम गर्छ । यसबाट मस्तिष्कको रक्तप्रवाहमा सुधार आउँछ । साथै सोच्ने, बुझ्ने शक्ति र स्मरणशक्ति आफसेआफ बढ्न थाल्छ ।

लेख्ने बानी

जे कुराहरु हामी अक्सर भुल्छौ, त्यसलाई लेखेर याद राख्ने अभ्यास गरौं । लेख्नका लागि डायरी, इमेल वा मोबाइलको प्रयोग गर्न सकिन्छ । कसैको फोन नम्बर याद राख्नु छ भने त्यसलाई टुक्रा-टुक्रा बनाएर सम्भिmने कोसिस गरौं ।

ध्यानपूर्वक सुन्ने

हतार गर्ने वा नजरअन्दाज गर्ने बानीका कारण पनि  कुराहरु याद राख्न समस्या हुन्छ । त्यसैले कुनै पनि कुरालाई याद राख्नका लागि त्यसलाई ध्यानपूर्वक सुन्न आवश्यक छ । एक पटकमा एउटा मात्रै काम गर्दा पनि एकाग्रता बढ्छ ।

वस्तुहरुलाई तीनको सही स्थानमा राख्नुस । घरबाट निस्किदा आफ्ना आवश्यकताका वस्तुहरु नभुल्नका लागि दैनिक प्रयोगमा आउने वस्तुहरु जस्तै साँचो, मोबाइल आदिलाई तिनीहरुको सही स्थानमा राख्नुपर्छ ।

नियमित कामका लागि चिट

जे काम दैनिक गरिन्छ, जस्तै तरकारी किन्ने, बैंकसम्वन्धी कुनै काम, तिनीहरुलाई कागजमा लेखेर यस्तो ठाउँमा टाँस्ने ताकि सजिलै त्यसमा फेला परोस ।

ध्यानको अभ्यास

थुप्रै अनुसन्धानले पुष्टि गरेको छ, ध्यानले दिमागमा हुने रक्तसञ्चारलाई बढाउँछ । ध्यान गर्दा मन एकाग्र हुन्छ । यसबाट हामीलाई शान्ति पनि प्राप्त हुन्छ भने मस्तिष्क विभिन्न खाले बाधाहरुबाट मुक्त हुन्छ । परिणामस्वरुप मलाई आराम मिल्छ । अगाडि बढ्नुस र प्रयोग गरेर हेर्नुस । ध्यानमा बस्न कठिन अवश्य हुन्छ, तर कुनै योग्य गुरुबाट मद्दत लिइयो भने सजिलै यसमा सफलता पाउन सकिन्छ ।

दिमागी खेल

दिमागी खेलहरु खेल्दा दिमागको शक्ति कायम रहन्छ र चाँडै स्मरणशक्ति गुम्दैन । यसका लागि क्रसवर्ड, बाघचाल, चेस जस्ता खेलहरुमा बानी पर्नुपर्छ । यसबाट स्मरणशक्ति तेज हुन्छ । यी खेलहरुबाट बिस्तारै-बिस्तारै वा सूक्ष्म स्तरमा पनि लाभ प्राप्त हुन्छ ।

शान्त रहने

दवाव, चिन्ता, हड्बडी इत्यादिले स्मरणशक्तिमा ठूलो प्रभाव पार्छन् । यही कारणले पढाईमा मेधावी विद्यार्थी पनि परीक्षामा राम्रो अंक ल्याउन सक्दैन । त्यसैले जस्तो स्थितिमा पनि शान्त रहने र सफलताको सिँढी उक्लिदै जाने । जब तनाव महसुस हुन्छ, दिमागलाई शान्त राखेर दुई-चारपटक लामो गवहिरो सास लिने । यसबाट लाभ हुनेछ ।

मदिराबाट टाढा

अत्यधिक रक्सी पिउनु र अन्य नशालु पदार्थको सेवन गर्नु भनेको आफ्नो खुट्टामा बञ्चरो हान्नु समान हो । यसबाट शरीरको साथसाथै मन-मस्तिष्कमा पनि नकारात्मक असर पर्छ । बिस्मृतिको अवस्थामा नै मानिसहरु झूटको कठघरामा खडा हुनुपर्छ । यस्तो स्थिति आउनबाट बच्ने र रक्सीको कुलतबाट आफूलाई टाढै राख्ने ।

सन्तुलित आहार

अनुसन्धानबाट पत्ता लागेको छ कि भिटामिनहरुबाट भरिपूर्ण सन्तुलित आहार लिनाले स्मरणशक्ति, शब्दप्रवाह आदिमा सुधार आउँछ । बी कम्प्लेक्सको भिटामिन्स, खासगरी नियासिन र बीटा क्यारोटीन विशेष उपयोगी छन् ।

पढ्ने बानी

बढिभन्दा बढि पढ्ने बानी गरौं । साहित्यिक किताब पढ्नुृस । यसबाट शब्दभण्डार बढ्नुका साथै दिमाग पनि खुल्नेछ । थुप्रै प्रसिद्ध वक्ताहरुले यही उपायबाट सफलता पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment