Comments Add Comment

काइयोः कस्तो र कसरी प्रयोग गर्ने ?

‘कलकत्ते काइयो’ गीत हामीले गाएकै छौं । तर, हेक्का राखेका छैनौं, कलकत्ते काइयो कस्तो हुन्छ ?

कलकत्ता, भारतको एक शहर । संभवत लाहुर पसेकाहरुले कोलकत्ताबाट काइयो ल्याउँथे । सौन्दर्य प्रसाधन त्यही बजारबाट नेपाली घरमा आइपुग्थ्यो, सायद ।

काइयोको उतिधेरै बखान गरिरहनु पर्दैन । हरेक दिन, हरेकले प्रयोग गरेकै हुन्छन् । काइयोको काम भनेको कपाल कोर्नु हो । कपाललाई स्टाइलिस बनाउन पनि यसको प्रयोग गरिन्छ । तर, काइयोको प्रकार थरीथरीका हुने गर्छ । कुन किसिमको काइयो, कसरी प्रयोग गर्ने त ? यसको सामान्य ज्ञान भए राम्रो हो ।

ठूलो दाँत भएको काइयो

ठूलो दाँत भएको काइयोले लट्टा परेको कपाललाई सुल्झाउन मद्दत गर्छ । यसको प्रयोगले कपाल टुट्ने तथा र्झन पाउदैन ।

फाइन टूथ टेल काइयो

अन्य काइयो झै सामान्य देखिने यस्तो काइयोको प्वाइन्ट लामो तथा नरम हुने गर्दछ । यस्तो काइयोको प्रयोग कपाललाई बेग्लै ‘लुक’ दिन तथा कपाललाई दुई भागमा विभाजित गर्न प्रयोग गरिन्छ ।

टिजिङ्ग काइयो

यस्तो काइयो कपाललाई फैलाउन तथा फिजाउनको लागि प्रयोग गरिन्छ ।

मेटल पिसको साथमा स्टाइलिस काइयो

यस्तो काइयो सर्लक्क परेको कपाललाई स्टाइल दिनको लागि प्रयाग गरिन्छ ।

कटिङ्ग काइयो

कपाल काट्नको लागि प्रयोग गरिने काइयोलाई कटिङ्ग कोम्ब भन्ने गरिन्छ । यस्ता काइयो विभिन्न स्टाइलमा कपाल काट्नका लागि प्रयोग गरिन्छ । छोटो कपाल काट्नको लागि पनि यस्ता काइयोको प्रयोग गरिन्छ ।

पिक्स

कपाललाई अलग शैली दिन तथा माथि उठाउनका लागि पिक्सको प्रयोग गरिन्छ ।

प्लाष्टिकको काइयो

काइयो विभिन्न धातुहरुबाट समेत निर्माण गरिन्छ । त्यसमध्य प्लाष्टिक बाट बनाइने काइयोलाई प्लाष्टिक कोम्ब भन्ने गरिन्छ । यस्तो काइयोको प्रयोग सबै किसिमका कपालमा हुने गर्दछ । पानीमा पखाल्न समेत मिल्ने यस्ता काइयोयस्तो काइयो सस्तो तथा सर्वसुलभ तरीकाले खरीद गर्न सकिन्छ ।

मेटालिक काइयो

आल्मुनियम लगायतका मेटलबाट निर्माण गरिने यस्ता काइयोलाई मेटालिक कोम्ब भन्ने गरिन्छ । यस्ता काइयो नरम हुनुका साथै पानीमा समेत धुन मिल्छ । साथै सजिलै भाचिदा पनि भाचिदैन । कपाललाई स्टाइल दिन यस्तो काइयोको प्रयोग निकै राम्रो मानिन्छ । त्यतिमात्र हैन, कपाल सिधा कोर्न तथा काट्न समेत यस्ता काइयोको बढी प्रयोग हुने गर्छ ।

बोन्स काइयो

यस्ता काइयो जनावरको हड्डीबाट बनाइन्छ । यस्तो काइयो महँगो पनि हुन्छ । यस्ता काइयो बजारमा विभिन्न भेराइटीमा उपलब्ध छ ।

हान्र्स काइयो

यस्ता काइयो पशुहरुको सिंहबाट निर्माण गरिन्छ । यस्ता काइयो निकै नै महंगो हुने गर्दछ । यस्ता काइयोलाई पानीले धुन मिल्दैन । त्यसो त यस्ता काइयो निकै चिल्लो हुन्छ तथा नरम कपालका लागि निकै उपयोगी मानिन्छ ।

काठबाट बनेको काइयो

यस्ता काइयो विभिन्न स्टाइलहरुमा पाइन्छ । यसलाई प्राकृतिक काइयो पनि भन्ने गरिन्छ । यसले कपाल सजिलै कोर्न सकिन्छ ।

यसबाहेक, बजारमा कपालकै लागि भनेर विभिन्न ब्रसहरु समेत किन्न पाइन्छ, जुन कपाल अनुसार फरक फरक डिजाइनमा खरीद गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment