+
+

प्रदेश ६ का गाउँपालिकामा एकैसाथ विषयगत कानून बनाइने

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ५ गते १०:४६

५ माघ, सुर्खेत । प्रदेश ६ का सबै गाउँपालिकाहरुमा एकैसाथ विषयगत शाखाका लागि नमूना कानून बनाइने भएको छ ।

गाउँपालिकामा रहेका विभिन्न २२ वटै विषयगत शाखामा व्यवस्थित र गुणस्तरीय कार्यसञ्चालनका लागि कानून बनाइने भएको हो ।

त्यसका लागि गाउँपालिका महासंघ प्रदेश ६ ले आगामी माघ ९ देखि ११ गतेसम्म सम्मेलन आयोजना गरेको छ ।

कार्यक्रममा सहभागी हुने प्रदेश ६ का सबै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुलाई काँशिराज दाहाल र बाराको जितपुर  डाक्टर कृष्ण पौडेलले सहजिकरण गर्ने महासंघका अध्यक्ष कविन्द्रकुमार केसीले जानकारी दिए ।

स्थानीय तहमा जनप्रतिनिधि आइसक्दा पनि विषयगत कार्यालयमा ऐन कानून नबन्दा काम गर्न कठिनाई भइरहेको गुनासो आइरहन्छन् ।

अहिलेसम्म महासंघका अध्यक्ष केसीको गाउँपालिकासमेत रहेको सुर्खेतको सिम्ता गाउँपालिकामामात्रै यस्तो कानून बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?