Comments Add Comment

सरकारलार्इ विवेकशील साझाले भन्यो- सीमा मिचिएको तथ्य के हो ?

५ माघ, काठमाडैं । विवेकशील साझा पार्टीले वीरगञ्जमा भारतका तर्फबाट नेपालको सीमा मिचिएको बारे ध्यानाकर्षणा भएको बताएको छ ।

हराएका र क्षतिग्रस्त भएका पिलरको नेपाल र भारतले संयुक्त रूपमा निर्माण र मर्मत गर्ने क्रममा वीरगन्ज महानगरपालिका-१, छप्कैया क्षेत्रमा स्थानीयवासीको ३० बिघाभन्दा बढी जमिन मिचिएको बारे देशवासीलार्इ सत्थतथ्य जानकारी गराउन विवेकशीलले अाग्रह गरेको हो ।

प्रवक्ता रमेश पैड्यालले विज्ञप्ति प्रकाशित गरी सीमा सर्वेक्षण टोलीको प्रयासमा भएको भनिएको पिलरहरूको निर्माण र मर्मतको सिलसिलामा सर्वेक्षण कार्यमा प्रयोग भएको प्रविधि, एतिहासिक तथ्य एवं नापनक्साकासाथै हालसम्मको कार्यप्रगतिका बारेमा जानकारी गराउन माग गरेका हुन् ।

देशको सीमा मिचिएका खबरहरू बारम्बार विगतमा पनि बाहिर अाइरहेको भन्दै विवेकशीलले सीमा जस्तो संवेदनशील विषयलाई गम्भीरतापूर्वक लिन अनुरोध गर्दै नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधीनतामा आँच आउने खालका कुनैपनि गतिविधि हुन नदिन सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment