२१ पुस, काठमाडौं । रुपन्देहीको देवदहका व्यवसायी वसन्त पौडेल (बलु) को हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत २१ पुसमा फर्निचर व्यवासायी पौडेलको गोली हानी हत्या गरिएको थियो ।
पक्राउ परेकाहरुलाई आइबार दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने पाडैल हत्याको अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीअाइबी) का एसपी घनश्याम अर्यालले अनलाइनखबरलाई बताए ।
घटनामा मनोज पुन समूहकै संलग्नता रहेको प्रहरीले पुष्टि गरेको छ । यसअघि घटना लगत्तै पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरेर अाफूले पौडेलको हत्या गरेको दाबी गरेका थिए ।
पाैडेलकाे टाउकोमा गोली लागेको थियो । यसअघि गत वर्ष पाैडेलका साथी ४० वर्षीय पौडेल दुर्गा तिवारीकाे पनि गाेली हानी हत्या गरिएकाे थियाे ।
यो पनि पढ्नुस्
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4