Comments Add Comment

बलु हत्याकाण्डः हतियार व्यवस्थापक समातिए, योजनाकार र सुटर फरार

बलु पाैडेलकाे हत्यामा संलग्न दुर्इ अभियुक्त । तस्वीरः कपिल ज्ञवाली/अनलाइनखबर

२१ पुस, बुटवल । रुपन्देहीस्थित देवदहका फर्निचर व्यवसायीको वसन्त पौडेल (बलु) को हत्या योजनाकार मनोज पुनका दुई जना सहयोगीलाई रूपन्देही प्रहरीले सार्वजनिक गरेकाे छ ।

पौडेलको हत्या भएको दुई सातापछि नवलपरासीको सुनवल नगरपालिका–७, अस्नौयाका ३६ वर्षीय पदम चौधरी र सोही जिल्लाको डुमरहा–५ का महेन्द्र भनिने महिनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । घटनाका याेजनाकार पुन र सुटर विवेक (थर नखुलेका) फरार छन् ।

पदम र महेन्द्रले हतियार र मोटरसाइकल व्यवस्थापनसहित मान्छेको सुराकी गर्ने काम गरेकाे आइतबार इलाका प्रहरी कार्यालय, बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बताइयो ।

त्यसवापत उनीहरुले हुण्डीबाट साढे २ लाख ३० हजार रुपैयाँ लिएको समेत खुलेको छ ।

उनीहरुको साथबाट लु ४ प १४ नम्बरको मोटरसाइकल, ९ एमएमको एउटा इटालियन पेस्तोल, दुई वटा कटुवा पेस्तोल र नगद ९९ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

पौडेलको गत २१ पुसमा गोली हानी हत्या गरिएको थियो ।

यो पनि पढ्नुस् 

दुर्गा तिवारी र बलु पौडेलको हत्या एउटै पेस्तोलबाट !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment