+
+

ट्रिप्परले ठक्कर दिदा काभ्रेमा मोटरसाइकल चालकको मृत्यु

रामसुन्दर आचार्य रामसुन्दर आचार्य
२०७४ माघ ७ गते १७:३२

७ माघ, काभ्रे । काभ्रेको नवबुद्ध नगरपालिकामा ट्रिप्परले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भकुन्डेबेसीबाट बनेपा आउँदै गरेको ना७ख ७११६ नम्बरको ट्रिप्परले नवबुद्ध नगरपालिका अन्तर्गत विपी राजमार्गमा बा६५प ८१२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक प्रकाश लामाको मृत्यु भएको हो ।

घटनास्थलमै मृत्यु भएका लामा रोशी गाउँपालिका निवासी भएको बुझिएको छ ।

मोटरसाइकललाई ठक्कर दिने ट्रिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?