+
+
Shares

प्रदेश १ को मुख्यमन्त्री राई वा लिम्बु समुदायबाट : एमाले नेता ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ८ गते १९:१२

८ माघ, सुन्दरहरैंचा । एमाले नेता भानुभक्त ढकालले प्रदेश १ कोे मुख्यमन्त्री राई वा लिम्बु समुदायबाट हुँदा राम्रो हुने बताएका छन् ।

समावेशिताका लागि प्रदेश १ मा राई वा लिम्बू, प्रदेश २ मा मधेसी वा थारु, प्रदेश ३ मा नेवार वा तामाङ र प्रदेश ४ मा गुरुङ हुनुपर्ने पनि ढकालले बताए ।

मोरङको सुन्दरहरैंचामा सोमबार अत्याधुनिक सार्वजनिक शौचालय उद्घाटन गर्न आएका उनले प्रदेश १ मा आदिवासी जनजातिको बाहुल्यता रहेकाले त्यसै समुदायबाट मुख्यमन्त्री हुनुपर्ने बताएका हुन् ।

‘संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकोेले एमालेको बहुमत भएको प्रदेश एकमा जो संसदीय दलको नेता हुन्छ उही मुख्यमन्त्री हुने हो’,मोरङ ३ बाट सांसद निर्वाचित ढकालले भने, ‘अहिले नेपाल संघीयता कार्यान्वयनको पहिलो चरणमा रहेको छ, प्रदेश एक आदिवासी बाहुल्य भएकोले आदिवासी नै मुख्यमन्त्री भएको राम्रो हो ।’

प्रदेश एकका मुख्यमन्त्रीका प्रत्यासी रहेका एमाले नेताद्वय शेरधन राई र भीम आचार्यमा को संसदीय दलको नेता हुने भन्नेमा पार्टीले केन्द्रबाटै सहमति गर्ने ढकालले बताए ।

उनले भने, ‘सहमति नहुँदा केपी ओली पनि झलनाथ खनाल कमरेडसँग चुनावै लडेर संसदीय दलको नेता चुनिनुभएको हो, प्रदेश १ को संसदीय दलको नेता चुन्न चुनाव पनि हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?