+
+
Shares

चौरी गाईका पुच्छर र हड्डीसहित वृद्ध पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ९ गते १७:२३

९ माघ, अछाम । चौरी गाईका पुच्छर र हड्डीसहित हुम्लाका एक व्यक्ति अछाममा पक्राउ परेका छन् ।

सिमकोट गाउँपालिका-६ का ६८ वर्षीय कुंगा लामालाई अछाम जिल्ला प्रहरी कार्यालयको टोलीले ढकारी गाउँपालिका-१ सैनबजारबाट पक्राउ गरेको हो ।

चौरी गाईका ८ थान पुच्छर र ५ थान हड्डीसहित उनलाई पक्राउ गरेको अछामका डिएसपी दधीराम न्यौपानेले जानकारी दिए ।

लामालाई आवश्यक कारबाहीका लागि मंगलबार जिल्ला पशुसेवा कार्यालयमा पठाइएको छ ।

प्रहरीको गस्ती टोलीले शंकाका आधारमा झोला चेकजाँच गर्दा चौरी गाईका उक्त सामग्रीहरु बिक्री गर्नका लागि ल्याएको खुलेको प्रहरीको भनाइ छ । चौरी गाईको पुच्छर देवीदेवताको मन्दिरमा चढाउन र केही रोगमा घरेलु उपचारका लागि प्रयोग हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?