Comments Add Comment

कार्टुन्ज क्रुको यो गीतको कभर भिडियो बनाउनेलाई एक लाख !

कार्टुन्ज क्रु, प्रियंका कार्की, मेलिना राई अहिलेका चल्तापूर्जा नाम हुन् । कार्टुन्ज क्रुले ग्रुप नृत्यमा तहल्का मच्याइरहेका छन् । प्रियंका कार्की हिट अभिनेत्री भइहालिन् । पाश्र्व संगीतमा मेलिना राई अग्रपंक्तिकी खेलाडी । यी तीनै, एकै ठाउँ मिसिएका छन् । र, यसको मेलोमेसो मिलाएको हो, सरोज ओलीले ।

सरोजले यसअघि गाएको ‘जता जता पिरतीको बाटो’ गीत युट्युवमा हिट भएको थियो, जसलाई अहिलेसम्म ७७ लाख बढी पटक हेरिएको छ । यो गीतमा पनि कार्टुन्ज क्रुलाई फिचरिङ गराइएको थियो । सरोजले त्यसैको सिलसिला दोहो¥याएका छन्, “माछीले खाने खोलीको लेउ” मार्फत ।

यो गीतको संगीत बसन्त सापकोटाले गरेका हुन्, कोरियोग्राफर कविराज गहतराज । गीतकार चाहि, दिनेश थपलिया ।

यहि तिख्खर स्वादको गीतको भिडियोमा कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा, सरोज अधिकारी र प्रियंका कार्कीको नोकझोंक देख्न सकिन्छ । आश्मा, सरोज र प्रियंका ले यसअघि फिल्म ‘पुरानो डुंगा’को ‘जैले रिसाउनी’ गीतमा नाचेका थिए ।

कभर भिडियोलाई एक लाख रुपैयाँ ?

‘माछीले खाने’ रोमान्टिक लोक शैलीको यो गीत युट्युवमा सार्वजनिक भएसँगै ‘कभर डान्स’ प्रतियोगिता पनि खुला गरिएको छ । यस गीतमा कभर भिडियो बनाउनेमध्येका सर्वोत्कृष्टलाई पुरस्कृत गरिेन आयोजक शुभ मिडिया होमले जनाएको छ । पुरस्कार राशी हो, एक लाख रुपैयाँ ।

यसअघि सरोज ओलीकै ‘जताजता पिरतीको बाटो’ मा कभर भिडियो बनाएर सर्वोत्कृष्ट भएका पोखराका क्रिस्टल ग्रुपले एक लाख रुपैयाँ जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment