Comments Add Comment

पेप्सीकोलामा ट्रिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

१२ माघ, काठमाडौं । काठमाडौंको पेप्सीकोलामा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ६५ वर्षका व्यक्ति छन् । उनको पहिचान खुल्न सकेको छैन ।

एक वर्कसपमा बा ३ ख ३४१६ नम्बरकाे ट्रिपरलाई पखालेर सडकमा निकाल्ने क्रममा पैदलयात्रुलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रिपर चालक र गाडी प्रहरीको नियन्त्रणमा रहेको महानगरीय प्रहरी वृत, बानेश्वरका डिएसपी रवि पौडेलले अनलाइनखबरलाई बताए ।

यसैबीच, बिहीबार अपरान्ह ललितपुरको एकान्तकुनाबाट नख्खुतर्फ गइरहेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

लु १ ख ८७३७ नम्बरको ट्रकले बा ६७ प ३१३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मकवानपुर दामनका ३१ वर्षीय बीर दोङको मृत्यु भएको हो ।

उनको मेघा अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment