Comments Add Comment

कर्मचारी अभावमा प्रदेश ६ को अधिबेशन अन्योल

१२ माघ,काठमाडौं । प्रदेश प्रमुखको कार्यालयमा कर्मचारी अभाव हुँदा प्रदेश ६ को अधिबेशनको मिति तय हुन सकेको छैन ।

कार्यालयमा आवश्यक कर्मचारी नहुँदा प्रदेश सभाको पहिलो बैठक आव्हान गर्न नसकिएको प्रदेश प्रमुखको सचिवालयले प्रष्ट पारेको हो ।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले संसद सचिवालयका कर्मचारी व्यवस्थापन नभएका कारण प्रदेश सभाको मिति तय हुन नसकेको बताए ।

शुक्रबार सुर्खेतस्थित आफ्नै कार्यालयमा प्रदेश प्रमुख खनालले संचारकर्मीहरुसँग कुरा गर्दै प्रदेश सभाको बैठक सञ्चालनका लागि आवश्यक कर्मचारीहरुलाई तत्काल कार्यालय आइपुग्न ताकेता गरिरहेको समेत जानकारी दिए ।

माघ २१ गते प्रदेशसभा बैठक बोलाउने तयारी भएपनि सूचना टाँस गर्ने कर्मचारी समेत नभएका कारण समस्या भएको उनले स्पष्ट पारे ।

सपथ लिएको २० दिनभित्र प्रदेश सभाको पहिलो बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

पहिलो बैठक जिल्ला समन्वय समितिको हलमा गर्नेगरी तयारी भइरहेको पनि प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

संसद सचिवालयले प्रदेश नम्बर ६ को सचिवालयका लागि अर्थ समितिका सचिव कृष्ण खड्काको नेतृत्वमा चार जना कर्मचारी खटाइसकेको छ ।

उनीहरुले प्रदेश प्रमुखको कार्यालयका कर्मचारीसँग सहकार्य गरेर प्रदेश सभा सञ्चालनका लागि आवश्यक सम्पूर्ण विधि र प्रक्रिय तय गर्ने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment