Comments Add Comment

गोर्खाल्याण्डका नेता थलुङ काठमाडौंबाट बेपत्ता

१२ माघ, काठमाडौं । आसम हतियार काण्डमा मुछिएका गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेस (जीटीए) सभा सदस्य सञ्जय थुलुङ काठमाडौंबाट ‘अपहरण’ मा परेका छन् ।

दार्जिलिङबाट फरार रहेका उनी केही महिनायता काठमाडौंमा बस्दै आएका थिए । गत मंगलबार काठमाडौंको धापासीस्थित आफन्तको घरमा आएपछि उनलाई एक अज्ञात समूहले नियन्त्रणमा लिएको हो ।

आफन्त प्रकाशचन्द्र मुखियाले थुलुङ बेपत्ता भएको भन्दै महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा उजुरी दर्ता समेत गराएका छन् । वृतका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) योगेन्द्रसिंह थापाले परिवारले धापासीबाट उनी बेपत्ता भएको उजुरी दिएको बताए । उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

थलुङलाई भारतको केन्द्रीय अनुसन्धान विभाग (सीआईडी) ले ‘वान्टेड’ सूचीमा राखेको छ ।

केही अधिकारीहरुले उनलाई नेपाल प्रहरीले पक्राउ गरेको हुनसक्ने दाबी गरेका छन् । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक -डिआईजी) मनोज नेउपाने भने त्यसलाई अस्वीकार गर्छन् । ‘हामीले पक्राउ गरेको भए जानकारी हुन्थ्यो’

उनले अनलाइनखबरसँग भने, ‘तर, अहिलेसम्म त्यस्तो जानकारी आएको छैन ।’

यसरी अज्ञात समूहको नियन्त्रणमा परे थुलुङ

धापासीमा घर भएका प्रकाशचन्द्र मुखियाका छोरी ज्वाइर्ँ हुन्, थुलुङ । गोरखाल्याण्ड आन्दोलनका क्रममा २०१४ मा नागाल्याण्ड र पश्चिम बंगालको सीमा क्षेत्रबाट हतियारसहित दुई जना पक्राउ गरेका थिए ।

पक्राउ पर्नेमा उमेश कामी र गणेश क्षेत्री थिए । उनीहरुले थलुङको निर्देशनमा हतियार दार्जिलिङतर्फ लगिएको बयान दिएका थिए । त्यसयता फरार रहेका उनी केही महिनादेखि धरानमा बस्दै आएका थिए ।

त्यहाँ असुरक्षित महसुस गरेको भन्दै उनी काठमाडौंमा आएर कोठा भाडामा लिएर बस्दै आएको आफन्त बताउँछन् । थुलुङका ससुरा प्रकाशचन्द्रले भने, ‘काठमाडौं आएपछि उहाँ गत मंगलबार हाम्रो घरमा आउनु भएको थियो । त्यही साँझ अज्ञात समूहले नियन्त्रणमा लियो । त्यस क्रममा मेरो श्रीमतीमाथि समेत दुर्व्यवहार भयो ।’

सुविता राई मुखियालाई पार्लरमा भएको वेला कसैले फोन गरेको थियो । र, विदेशमा रहेका दाजुले सामान पठाइदिएका छन्, गंगबु लिन आउनु भन्यो । ‘घर जान लागेको चाडो आउनुस् भनेर बोलाएपछि उनी गइछन्’, प्रकाशचन्द्रले भने, ‘स्कुटीमा गोंगबु पुग्नासाथ गाडीमा हालेर गाडी दौडाएछन् ।’

उनका अनुसार मंगलबार दिउँसो साढे ११ बजेतिर श्रीमतीलाई अपहरणको शैलीमा नियन्त्रणमा लिएर थुलुङबारे सोधखोज गरेको थियो ।

पीडित सुवितालाई उदृत गर्दै प्रकाशचन्द्रले बताएअनुसार गाडीभित्र एक युवकले आफू प्रहरी भएको परिचय दियो । ‘थुलुङ कहाँ छन् भनेर पटकपटक सोधियो र बोलाउनु भनियो । नमानेपछि सर्च वारेन्ट भएको भन्दै त्रास देखाए’, उनले सुनाइन्, ‘अनेक धम्कीपछि म उहाँलाई बोलाउन बाध्य भएँ ।’

उनका अुनसार मंगलबार साढे ५ बजे थुलुङ बसुन्धारा आइपुगे । र, त्यहाँबाट थुलुङलाई अज्ञात समूहले नियन्त्रणमा लियो ।

थुलुङलाई खोज्दै प्रहरी मुख्यालयसम्म

उनका अनुसार गाडीमा रहेका ५/६ जनाको समूहले उनलाई नियन्त्रणमा लिएका थिए । पछाडि दुई वटा बाइकमा भएका ४ जनाले उनीहरुको रेकी गरिरहेको समेत उनले बताइन् ।

घटनाको तीन दिन वित्तिसक्दा समेत थुलुङ भेटिएका छैनन् । काठमाडौंस्थित उनको परिवारले प्रहरीमा जाहेरी दिनेदेखि लिएर प्रहरीको नियन्त्रणमा भए नभएको बुझ्नलाई प्रहरी मुख्यालयमा समेत जानकारी गराइसके ।
तर, नेपालमा पत्ता लागेको छैन । भारतमा समेत उनीहरुले जानकारी गराएका छन् । तर, त्यहाँ समेत उनको पत्तो नलागेको प्रकाशचन्द्रले बताए ।

उनले थुलुङलाई निन्त्रणमा लिने भारतीय प्रहरी हुन् कि गुन्डा हुन् स्पष्ट नभएको भन्दै खोजी गरिदिन प्रशासनलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment