Comments Add Comment

मोरङ-सुनसरी सेवा समाज कतारको अध्यक्षमा कटुवाल चयन

कतार । मोरङ-सुनसरी सेवा समाज कतारको १३ औं साधारणसभा सम्पन्न भएको छ ।

कतारको मिसाईडस्थित अम्वाज क्याटरिङ सर्भिसको परिसरमा आयोजित साधारणसभाबाट समाजको अध्यक्षमा तेज कटुवाल निर्वाचित भएका छन् ।

यस्तै उपाध्यक्षद्धयमा दीलिप पराजुली र भीम विश्वकर्मा, सचिवमा नियम भूजेल, कोषाध्यक्षमा गोपाल कटुवाल, सहसचिवद्धयमा लिलानाथ घिमिरे र भरत श्रेष्ठ, सहकोषाध्यक्षद्धयमा पर्शराम बास्तोला र सहकोषाध्यक्ष मनोज चौधरी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा भोला बस्नेत, सन्जिव आचार्य, अमित चौधरी, राजनारायण चौधरी, मंगलसिंह तामाङ, भरत कटुवाल, तीर्थराज निरौला, ओम प्रकाश बानियाँ, रमा खड्का, सुनिता कोइराला, प्रेम राई, सोहेल अख्तर अन्सारी, पर्शुराम बन्जरा र किरण थापा सर्वसम्मत निर्वाचित भएका छन् ।

नवनिर्वाचित टिमलाई निर्वाचन समितिका संयोजक विनेस तामाङले सपथग्रहण गराएका थिए ।

नवनिर्वाचित अध्यक्ष कटुवालले हालसम्म संस्थाले गर्दै आएका योजनाहरुलाई निरन्तरता दिदै आफ्नो कार्यकालमा केही नयाँ योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रम आयोजक कमिटीका अध्यक्ष योगेन्द्र कार्कीको सभापतित्व तथा एनआरएनए आईसीसी मध्य पूर्व संयोजक आर.के. शर्माको प्रमुख अतिथ्यतामा भएको हो ।

४०० जनाको सहभागिता रहेको कार्यक्रममा मनोरञ्जनको लागि विभिन्न खेलकुदहरु, सांगीतिक प्रस्तुतिहरु तथा औपचारिक कार्यक्रम समेत गरिएको थियो ।

ेकरिब ३० जना सहभागी हाडी फुटाई खेलमा भरत के. सी. र मनोज चौधरी विजयी भएका थिए भने महिला सहभागीहरुका लागि आयोजना गरिएको म्यूजिकल चियरमा पवित्रा मल्ल, शीतल बानिया र रीता लुइटेल क्रमश प्रथम द्धितीय र तृतीय भएका थिए ।

योजक भर्सेस अतिथिसहित ६ टिमबीच तीन वटा फुटबल खेलसमेत भव्यताका साथ सम्पन्न भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment