+
+
Shares

नारायणगढ मुग्लिन सडकमा क्यान्टिलिभर राख्ने कि नराख्ने ?

आयोजना कार्यालय अन्योलमा, ठेकेदार भन्छ : असम्भव

सुवास पण्डित सुवास पण्डित
२०७४ माघ १४ गते १४:५३

१४ माघ, चितवन । नारायणगढ मुग्लिन सडकखण्डको निर्माण सम्झौता अवधि सकिन लाग्दासमेत क्यान्टिलिभर राख्ने कि नराख्ने विषयमा अझै अन्यौल छ ।

घरको बार्दलीजस्तै नदीतर्फ सिमेन्टको पक्की संरचना निकालेर सडक फराकिलो बनाउने तरिकालाई क्यान्टिलिभर भनिन्छ ।

नारायणगढ मुग्लिन सडक आयोजनाले गत असोज महिनामा नै क्यान्टिलिभर राख्न शुरु गरिने बताएको थियो । पहाड काट्न असम्भव हुने विभिन्न नौ ठाउँका १२३ मिटर सडक क्षेत्रमा क्यान्टिलिभर पुल राख्ने तयारी आयोजनाको छ ।

तर अहिलेसम्म न पहाड काट्ने काम सकिएको छ, न पहाड काट्न नसकिने ठाउँमा क्यान्टिलिभर राख्न नै शुरु गरिएको छ । दुई हप्ताअघि मात्रै क्यान्टिलिभर राख्ने विषयमा सडक विभागसँग राय मागेको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए ।

‘चर्चा त पहिलै भएको हो, तर काम ढिला भयो’ यादवले भने, ‘अब विभागले जे भन्छ हामी त्यही गर्छौं ।’ ठेकेदारको चौथोपटक थपिएको म्याद सकिन जम्मा २४ दिन बाँकी रहँदा आयोजना नै यस बारेमा अनिणिर्त हुनु आयोजनाको अवधि लम्ब्याउने खेल भएको चर्चा हुन थालेको छ ।

ठेकेदार भन्छ : असम्भव छ

केही दिनअघि प्रमुख जिल्ला अधिकारीसहितको बैठकमा सुपि्रम रौताहा निर्माण कम्पनीका कन्ट्याक्ट म्यानेजर शिशिर कन्दङ्वाले यो काम असम्भव भएको बताएका थिए । कन्दङ्वाको निर्माण कम्पनीले काम गरिरहेको तेस्रो खण्डमा (मुग्लिन नजिक) नै क्यान्टिलिभर राख्ने योजना थियो ।

कन्ट्याक्ट म्यानेजर कन्दङ्वाले क्यान्टिलिभर राख्ने ठाउँमा अति नै भीर र जोखिम भएकोले क्यान्टिभिलर राख्दा झनै बढी समस्या आउने बताए । ‘क्यान्टिभिलर राख्दा सडक अहिलेको लेवलबाट तल झार्नुपर्दछ, तल लैजादा अहिले भएको वाइड पनि घट्छ’ कन्दङ्वाले भने ‘अहिले केहीघण्टा सडक अवरुद्ध हुँदा त यो हालत छ, झन् वाइड घटाएर काट्दा के होला ?’

कन्दङ्वाले सो क्षेत्रमा ८ मिटरको सडक बनाई ७ मिटरमा सवारी लेन र ५०/५० सेन्टिमिटर दुवै तर्फ छाड्न सकिने सुझाए । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आयोजना सकिने समय नजिक आउँदा पनि कुन विधि अपनाउने भन्ने टुंगो नलाग्नु लज्जास्पद भएको बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?