Comments Add Comment

ब्रेकअपको २ बर्षपछि एकसाथ देखिए नीता र आमेष


‘म सधै नै सिंगल छु, उसको के छ भन्न सक्दिनँ’, ब्रेकअप भएको करिब २ बर्षपछि पहिलो पटक मिडियाको क्यामेरा अगाडि नायिका नीता ढुंगानाको साथमा देखिएका नायक आमेष भण्डारीले भने । मिडियालाई एकसाथ भेट्दा केहि अत्तालिएका आमेष र नीताले ब्रेकअप भएपनि दुबैजना राम्रो साथी भएको बताए ।

२ बर्षपछि आमेषलाई भेट्दा उसको कपालमा परिवर्तन भएको नीताले बताइन् । नीताका अनुसार, उनीहरु काममा व्यस्त भएकाले एक अर्कासँग कुरा भने गर्न सकेका थिएनन् । प्याचअपको संभावना कति छ भन्ने प्रश्नमा आमेषले भने–‘सिंगल जीवन र साथी बन्नु बाहेक आनन्द अरु केहि हुँदैन । हामी पछाडि फर्कन भन्दा पनि अगाडि बढ्न चाहन्छौ ।’

नीताले माया गर्ने मानिस एकसाथ नै हुनुपर्छ भन्ने पनि नभएको बताइन् । आमेषले चलचित्र क्षेत्रले आफूहरुलाई बनाएको भन्दै भोलीका दिनमा काम गर्न सकिने बताए । उनले भने–‘मैले भन्दा धेरै माया गर्ने र ह्यान्डसम पुरुष उनको जीवनमा आउन् । म जति त कसैले माय गर्दै गर्दैनँ ।’

आफूहरुको ब्रेकअप चलचित्र असफल भएर भन्दा पनि आफूहरुमा परिपक्कता नभएकाले भएको नीताले बताइन् । चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ असफल भएपछि नीता र आमेषको प्रेममा विश्राम लागेको थियो । त्यो अगाडि उनीहरु, बिहेको योजनामा समेत पुगिसकेका थिए । उनीहरु काठमाण्डौमा आयोजना भएको ‘कामना फिल्म अवार्ड’मा छुट्टा छुट्टै पुगेपनि मिडियाको अगाडि एकसाथ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment