१८ माघ, काठमाडौं । दरबारमार्गको एक होटलमा भएको बलात्कार प्रकरण प्रहरीकै संलग्नतामा मिलापत्र भएको खबरले सिंगो प्रहरी संगठनमाथि प्रश्न उठाएको छ । प्रहरीले छानविन समिति बनाएर अनुसन्धान त थालेको छ तर, पीडित महिला सम्पर्क बाहिर रहँदा अनुसन्धानले गति लिन सकेको छैन ।
यो विषय अनुत्तरित रहँदै महानगरीय प्रहरी वृत, दरबारमार्गकाे भवन उदघाटन गर्न प्रहरी महानिरीक्षक प्रकाश अर्याल त्यहाँ पुगे । उनले यो घटनालाई ‘सुन्दर भवनमा भएको असुन्दर काम’ भनेका छन् र यसमा संलग्न दोषीहरुलाई कारबाही गरिने बताए ।
यसबारे छानविन भइरहेको भन्दै उनले भने, ‘महिला अस्मिताको विषय मिलापत्रको विषय हुनसक्दैन ।’
यो घटनाबाट प्रहरीले पाठ सिक्नु पर्ने भन्दै प्रहरी प्रमुख अर्यालले आफ्नो मातहतमा रहेका युनिटहरुको अनुगमन गर्न पनि प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । उनले रेगुलर पुलिसिङमा जोड दिएका छन् ।
यसअघि गत बिहीबार राति दरबारमार्गकाे होटल ल्याण्डमार्कमा एक जना युवतीलार्इ ३ जना युवकले सामूहिक बलात्कार गरेका थिए । र, सो घट्नालार्इ लुकाउन प्रहरीले भूमिका खेलेको अाराेप लागेकाे छ ।
घटनाकाे अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर र महानगरीय प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति गठन गरेकाे छ ।
 
                









 
                     
                                
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4