Comments Add Comment

बालकृष्ण ढुंगेललाई भेट्न सदरखोर पुगे बाबुराम

१८ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम नयाँ शक्ति पार्टी नेपालका संयोजक डां बाबुराम भट्टराईले बालकृष्ण ढुंगेललाई भेटेका छन् ।

बुधबार डिल्लिबजारस्थित सदरखोर कारागारमा पुगेर कैद सजाय भोगिरहेका माअोवादी नेता ढुंगेललाई भेटेका हुन् ।

भेटपछि डा. भट्टराईले आफूलाई निकै आत्मग्लानी अनुभूति भएको बताएको भन्दै क्रान्तिलाई अपराजध मान्न आफू तयार नभएको बताएका छन् ।

‘जनयुद्धका सहयोद्धा तथा पूर्व सभासद बालकृष्ण ढुंगेललाई आज डिल्लिबजार सदर कारागारमा भेट्दा निकै आत्मग्लानीको अनुभूति भयो । क्रान्तिलाई अपराध मान्न मन कत्ती तयार भएन । ‘भट्टराईले फेसबुक पेजमा लेखेका छन् ।

भट्टराईले जनयुद्धरुपी क्रान्तिकारी रुखको फल गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी/समानुपातिक लोकतन्त्रको फल मिठो मानेर थपीथपी खाने तर त्यो फलाउने रुखका रुपमा रहेका बालकृष्ण ढुंगेल जस्ता हाँगाहरु बालेर आगो ताप्न कसरी सकिन्छ भन्दै प्रश्न गरेका छन् ।

सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता ढुंगेल कात्तिकदेखि सदरखोरमा सजाय भोगिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment