+
+
Shares

ग्यास उद्योग आगलागीका मृतक परिवारलाई सांसदले दिए एक लाख

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १९ गते १६:२३

१९ माघ, वीरगञ्ज । वीरगञ्जको सुपर ग्यास उद्योगमा गत पुस ५ गते भएको आगलागीमा ज्यान गुमाउनेको परिवारलाई सांसद प्रदीप यादवले जनही १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

आगलागीका क्रममा मृत्यु भएका वीरगञ्ज महानगरपालिका कार्यालयका बारुणयन्त्र शाखाका ३ जना कर्मचारीका परिवारलाई सहयोग हस्तान्तरण गरिएको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जानकारी दिए ।

सांसद यादवले घटना अत्यन्त दुखद रहेको भन्दै पीडित परिवारको घाउमा मल्हम लगाउने प्रयास गरेको बताए । ‘मैले गरेको सहयोगले क्षतिको परिपूर्ति हुन त सक्दैन, तै पनि मैले उहाँहरुको सम्मानका लागि मैले रकम प्रदान गरेको हुँ’ उनले भने ।

आगलागी भएकै दिन सांसद यादवले मृतककका परिवारलाई जनही एक लाख र घाइतेहरुलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेका थिए ।

वीरगञ्ज महानगरपालिकाले मृतकका परिवारजनलाई राहतसंगै आश्रति परिवारका सदस्यमध्ये एक जनालाई महानगरपालिका कार्यालयमै जागिर र बालबालिकाको पढाईको खर्च समेत बेहोर्ने भएको छ ।

यसअघि नै महानगरपालिका कार्यालयले मृतकका परिवारलाई जनही २ लाख रुपैयाँ र सुपर ग्यास उद्योगले १ लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?