१९ माघ, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगातीमा रहेको इँटा टायल प्रालिमा चोरी भएको छ । टायलको लेखा शाखाबाट नगद ३ लाख ९८ हजार २ सय ५५ रुपैयाँ गएराति चोरी भएको हो ।
जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जनाएअनुसार झ्यालको डण्डी भाँचेर प्रवेश गरी दराजमा रहेको नगद चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
फरार चोरहरुको खोजतलास भइरहेको प्रहरीको भनाइ छ । साथै, घटनाको अनुुसन्धान लागि प्रालिको सुरक्षागार्डलाई नियन्त्रणमा लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4