२१ माघ, काठमाडौं । बजाज मोटरसाइकलको आधिकारीक वितरक एचएच बजाजद्धारा आयोजित पहिलो बाइक रियालिटी शो बजाज पल्सर डेयर भेन्चर समापन भएको छ ।
एचएच बजाजले सामसङसँगको सहकार्यमा आयोजना गरेको भेन्चरमा विभिन्न चरणबाट छनोट भएका १० शाहसी प्रतियोगतामा सहभागी भएका थिए ।
प्रतियोगितामा नेपाल बेस्ट राइडर विजेताले १० लाख रुपैयाँ, पल्सर एनएस, सामसङ एस ८ प्लस र नेपाल बेस्ट राइडर रनर अप विजेताले ५ लाख रुपैयाँ र पल्सर एनएस र सामसङ एस ८ तथा मस्ट पपुलर राइडर विजेताले पल्सर एनएस जितेका थिए ।
समापन समारोहमा नेपाल बेस्ट राइडर, नेपाल बेस्ट राइडर रनर अप तथा मस्ट पपुलर राइडर अवार्ड बिजेताहरु क्रमशः अमित श्रेष्ठ ,पबिन कार्की र बिबिद जङ्ग थापालाई नगद पुरस्कारसहित पल्सर एनएस प्रदान गरिएको गरिएको थियो ।
यस पटक तीन जना राइडरहरू सुरेश मानन्धर, अमित श्रेष्ठ र पबिन कार्की फाइनलमा पुग्न सफल भएका थिए । प्रतियोगितामा विजेता अमित श्रेष्ठले १० लाख रुपैयाँका साथमा पल्सर एनएस रसामसङ एस ८ प्लस, उपविजेता पबिन कार्कीले ५ लाख रुपैयाँका साथमा पल्सर एनएस र सामसङ एस ८ प्राप्त गरेका थिए भने तेस्रो बिजेता बिबिद जङ्ग थापाले पल्सर एनएस प्राप्त गर्न सफल भएका थिए । अमित श्रेष्ठले सम्सुङ्ग अनइस्टपबल राइडर र गणेश मान श्रेष्ठले शिखर सेफ राइडरको ताज जितेका थिए ।
‘हामीले सबै जोशिला पल्सर राइडरहरुलाई मनाङ्गको खाङ्गसारसम्मको साहसिक राइड अनुभव लिने सुवर्ण अवसर दिएका दिएका थियौं,’ समारोहको समापन कार्यक्रममा एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘नेपालको इतिहासमा नै पहिलो र दोस्रो बाईक रियालिटी सो हामीले सफलतापूर्वक सम्पन्न गरेका थियौँ भने यो तेस्रोेले पनि हजारौं दर्शकहरूको साथ र सहयोग प्राप्त गर्न सफल भयो ।’
कार्यकारी निर्देशक गोल्छाले आगामी दिनमा यस्ता प्रतियोगितालाई परिस्कृत गर्दै नेपालका अन्य प्रचारमा नआएका मनोरम भूभाग देखाउने गरी थप कार्यक्रमको आयोजना गर्दै जाने बताए । ‘पल्सर बाइक जहिले पनि साहस, रोमान्चकता र चुनौतीसँग आबद्ध रहेको छ, आगामी बजाज पल्सर डेयर भेन्चर राइड हरेकको अपेक्षा भन्दा बढि हुनेमा हामी विश्वस्त रहेका छौं,’ उनले भने ।
प्रतियोगितामा इभेन्ट पार्टनरका रुपमा शिखर इन्स्योरेन्स, सर्भो लुबि्रकेन्टस्, बाइकर्स नेपाल र ग्राण्डि इन्टरनेशनल हस्पिटल रहेका थिए । प्रतियोगिता गत बिहीवार सम्पन्न भएको हो ।
प्रतिक्रिया 4