Comments Add Comment

सुरु भयो प्रदेश ४ को पहिलो बैठक

२२ माघ, पोखरा । प्रदेश ४ को पहिलो बैठक सुरु भएको छ । अहिले सांसदहरुले मन्तव्य राख्ने क्रम जारी छ । त्यसअघि शहीदहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।

प्रदेश ४ का अधिकांश सांसदका लागि संसदीय अभ्यास नौलो छ । त्यसैले उनीहरु नयाँ उत्साह र जिम्मेवारीवोध सहित संसद भवन प्रवेश गरेका छन् ।

प्रदेश ४ मा प्रत्यक्ष र समानुपातिक गरी जम्मा ६० जना सांसदहरु छन् । तिमध्ये ५३ जना सांसद नयाँ छन् । पक्राउ वारेन्ट जारी भएकाले दीपक मनांगे उपस्थित नभएकाले ५२ जना नयाँ अनुहार प्रदेश ४ को संसदमा देखिएको छ ।

त्यसो त प्रदेश संसदमा भाग लिने ६ जनाले भने केन्द्रीय संसदको स्वाद चाखिसकेका छन् । एमालेका पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, नरदेवी पुन, माओवादीकी आशा खनाल, कांग्रेसका मणिभद्र शर्मा र कुमार खड्काले केन्द्रीय संसदको स्वाद लिइसकेका छन् । मन्त्रीसमेत बनिसकेका उनीहरुलाई पनि प्रदेश संसदको अभ्यास नौलो हुनेछ ।

त्यसैले पूर्ववनमन्त्री समेत रहेका एमालेका किरण गुरुङले प्रदेश संसदमा प्रवेश पाउँदा नयाँ उत्साह थपिएको बताउँछन् । ‘संसदको स्वाद लिइसकेको भए पनि प्रदेश संसद हाम्रा लागि पनि नयाँ हो,’ किरणले भने ।

यसैगरी माओवादीबाट महिलामन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेकी आशा खनालले प्रदेश सभा छिर्दा थप जिम्मेबारीबोध भएको बताइन् ।

तस्वीर: युनुस गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment