+
+

भारत जानुअघि ज्ञानेन्द्र शाहले भने – पात फेरिन सक्छ, जरा कहिल्यै फेरिँदैन

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २२ गते १८:४५
फाइल फोटो

२२ माघ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दुत्वको विषयमा आफूले खुला छलफल चाहेको बताएका छन् ।

सोमबार भारत भ्रमणमा जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले लक्ष्य पूरा गर्न फरक फरक बाटो अपनाए पनि सिद्धान्त छोड्न नसकिने बताए ।

उनले राष्ट्रले लिएको बाटो व्यवहारिक र सबैलाई मान्य हुनुपर्ने पनि धारणा राखे । पूर्वराजा शाहले रुखका पातहरु झरेपनि जराहरु फेरिन्न भन्दै दृष्टान्त पनि पेश गरे ।

‘लक्ष्य हाम्रो पूरा गर्न सकिन्छ । बाटो धेरैथरी अपनाउन सकिन्छ तर सिद्धान्त छोड्नु हुदैन । हामीले गल्तीबाट पाठ सिक्नुपर्छ । रुखहरु हेरौं वर्षौदेखि पातहरु र्झछ, फेरिन्छ तर जराचाहिँ कहिले पनि फेरिदैन ।’

पूर्वराजा शाह भारतको उडिसास्थित गोवर्धन मठ जगन्नाथपुरीका शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं वर्षको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भारत गएका हुन् ।

भारत बसाइका क्रममा उनी भारतीय देशी गाई जोगाउन सक्रिय श्रीमार्गले गर्न लागेको कार्यक्रममा पनि सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?